बुटवल -बुटवल ११ स्थित उद्यमशील ट्रेनिङ सेन्टरद्वारा अायाेजित एक हप्ते भाषणकला तालिम सम्पन्न भएकाे छ । गत हप्ता सुरु भएको तालिम एक कार्यक्रमका बिच साेमबार सम्पन्न भएको हाे । कार्यक्रमका प्रमुख अतिथि वाड नम्बर ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले सिकाइलाई उमेरले नछेक्ने बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीले जुनसुकै सिकाइ जुनसुकै उमेरका व्यक्तिले निरन्तरता दिनुपर्ने बताउँदै वाडले याेग्यताअनुसरका विभिन्न तालिमहरू दिएको बताए ।
प्रशिक्षक रमेश अर्यालले जति उपलब्धि भएका छन् , तिनलाई व्यवहारमा उतार्नुपर्ने र अागामी दिनमा अगाडि बढ्न अाग्रह गरे । कार्यक्रममा साहित्यकार दलबहादुर गुरुङले सुरुवात अाफैबाट गर्न अाग्रह गरे ।
दुर्गा टाेल विकास संस्था अध्यक्ष विष्णु चापागाईंले सिकेका कुरा प्रभावकारी ढंगले प्रस्तुत गर्न अाग्रह गरे । प्रशिक्षार्थी शान्ति भूर्तेलले जुनसुकै कुरा सिकेपछि अवस्य पनि गर्न सकिने र तालिम प्रभावकारी रहेकाे बताइन् । अर्का प्रशिक्षार्थी राजकुमार वाग्लेले अाफ्ना अभिव्यक्ति व्यक्त गर्न नसक्नेहरूका लागि उद्यमशील ट्रेनिङ सेन्टरले गरेकाेमा प्रशंसा गर्दै यस किसिमको कार्यक्रम वाडले टाेलस्तरबाट गर्नुपर्ने धारणा व्यक्त गरे । अध्यक्ष राजेन्द्र पाण्डेकाे अध्यक्षता रहेकाे कार्यक्रममा पुस्करनाथ पन्थकाे स्वागत रहेकाे थियो भने सेन्टरका सदस्य रेशम भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए ।
सेन्टरमा अब छिट्टै नै फाेटाेग्राफी , इलेक्ट्रिसियन , उद्घाेषण तथा भाषणकला , टिम विल्डिङ, वारिष्टा , व्युटिसियन , लेखन तथा चित्रकलाका कक्षाहरू सञ्चालन हुने सेन्टरले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, साउन २९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्