लुम्बिनी विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायीले गरे हातपात

लुम्बिनी विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायीले गरे हातपात

बुटवल- लुम्बिनि विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायीहरूले मंगलबार हातपात गरेका छन्। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार लुम्बिनीस्थित एक होटलमा कार्याक्रम भइरहेको बेला ठेकदारहरूको एक समूह होल्ला गर्दै आक्रमणमा उत्रेका हुन्। उनीहरूले कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र सदस्य सचिव सानुराजा शाक्यलाई हातपात गरेका हुन्। आक्रमणबाट सदस्य सचिव शाक्यको मुखमा चोट लागेको कोषका प्रेस कन्सल्ट्यान्ट विनोद परियारले जानकारी दिए ।केही दिनदेखि गुरूयोजनाको कामको भुक्तानी नपाएको भन्दै आन्दोलनरत निर्माण व्यवसायीहरूको माग सम्बोधन गरी समाधान गर्न लागिरहेको बेला हुलहुज्जत सहित अपमानजनक रूपमा आक्रमण गरिएको कोषाध्यक्ष भट्टराईले बताए ।उनले आफूमाथि ज्यान नै असुरक्षित हुने गरी आक्रमण भएकाले सुरक्षाको माग गरे । समितिका सभापतिमा सोनाम गेल्जेन शेर्पाकै अगाडि आक्रमण भएको हो। बैठक चलिरहेकै बेला आक्रमण भएको हो।

प्रकाशित मिति : मंगलबार, असोज ८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij