काठमाण्डाै – असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढी पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा धेरै क्षति भएको सरकारले प्रारम्भिक अनुमान गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको पत्रकार सम्मेलनमा मुख्यसचिव एकनारायण अर्यालले विपद्को प्रारम्भिक क्षतिको जानकारी दिनुभएको हो । उहाँका अनुसार विपद्का कारण अहिलेसम्म २ सय २४ जनाको ज्यान गएको, २४ जना बेपत्ता र १ सय ५८ जना घाइते भएका तथा उच्च जोखिममा रहेका ४ हजार ३ उय ३१ जनालाई उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।
यस्तै बाढी पहिरोबाट काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाण्डौ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ वटा जिल्ला बढी प्रभावित भएका छन् ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले विपद्बाट प्रभावित भएकाहरूलाई राहत रकम वितरण शुरू भएको तथा खोज, उद्धारको कार्य दुई दिनभित्र पूरा गरिने बताउनुभयो । उहाँले घाइतेहरूको निःशुल्क उपचार गरिने र विपद्पछि फैलनसक्ने सम्भावित रोगको रोगथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको बताउनुभयो ।
क्षतिग्रस्त खानेपानी, सडक, टेलिफोन, बिजुलीका पूर्वाधार मर्मत तथा यथाशीघ्र सेवा सञ्चालनका लागि प्रक्रिया शुरू गरिएको प्रधानमन्त्री ओलीकाे भनाइ छ ।
प्रकाशित मिति : मंगलबार, असोज १५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्