अर्घाखाँची,
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दशैं विदा अवधिभरी सरकारी सवारीसाधन प्रयोग नगर्ने भएका छन् । गृह जिल्ला अर्घाखाँची पुगेका मुख्यमन्त्री आचार्यले दशैं विदाभरी सरकारी सवारीसाधन प्रयोग नगर्ने भएका हुन् ।
निजी सवारीसाधन प्रयोग गरेर जिल्ला तहका भेटघाटमा पुगेका मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । मुख्यमन्त्री सवार बा १ झ ७८९० नम्बरको गाडी नचढेर मुख्यमन्त्री आचार्य बा १६ च ३८४३ नम्बरको निजी सवारीसाधन चढ्ेका हुन् ।
त्यस्तै मुख्यमन्त्री आचार्यले सुरक्षामा प्रयोग हुने सरकारी लु १ झ ४९८ नम्बरको गाडी दशैं विदाभरीका लागि फिर्ता गरेका छन् । स्कटिङ्गमा प्रयोग हुँदै आएको सरकारी गाडी दाङमा फिर्ता पठाइएको छ भने मुख्यमन्त्री चढ्ने सरकारी गाडी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा राखिएको छ ।
सुशासन कायम गर्न मुख्यमन्त्रीले दशैं विदामा सरकारी गाडी नचढ्ने निर्णयले जनस्तरमा राम्रो सन्देश सन्देश गएको छ ।
प्रकाशित मिति : शुक्रबार, असोज २५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्