दशैँको मुख्य दिन आज ठूलो पानी नपर्ने

दशैँको मुख्य दिन आज ठूलो पानी नपर्ने

दशैँको मुख्य दिन आज ठूलो पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा बदली र वर्षाको सम्भावना रहेको छ । मनसुनी वायुका साथै पश्चिमी वायुकोसमेत सामान्य प्रभाव रहेकाले यी ठाउँमा बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गोविन्दकुमार झा अनुसार आज तीन वटा प्रदेशका पहाडी केही भागका हल्का वर्षाको सम्भावना छ । वर्षा भए पनि खासै ठूलो पानी पर्ने सम्भावना छैन । दशैँको टीका विथोल्ने किसिमको ठूलो पानी पर्ने अवस्था नरहेको मौसमविद् झाले जानकारी दिनुभयो ।

देशका बाँकी अरू भागमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ । न्यूनतम तापक्रम क्रमशः घट्र्दै गएकाले काठमाण्डौमा सामान्य चिसो बढेको छ । अबको हप्ता न्यूनतम तापक्रम घट्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : शनिबार, असोज २६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij