बुटवल,
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी संगठनलाई थप बलियो बनाउन समयानुकूल रुपान्तरण गर्न जरुरी रहेको बताएका छन् ।
६९ औं प्रहरी दिवसको अवसरमा बुधबार बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बढ्दो अपराध न्यूनीकरण गर्न प्रहरी संगठनलाई प्रविधि युक्त बनाउँदै
समयानुकुल रुपान्तरणको आवश्कता रहेको बताएका हुन् । ‘अपराधहरु बढेर गएका छन्,सुरक्षा चुनौतीहरु थपिएका छन्’, ‘मुख्यमन्त्री आचार्यले भने, ‘प्रहरी संगठन पनि बदलिदो परिवेश अनुसार आफुलाई आधुनिकीकरण र रुपान्तरण गरेर अघि बढ्नुपर्ने छ ।’
अपराध अनुसन्धानको क्षेत्रमा लुम्बिनी प्रदेशमा रहेका प्रहरी कार्यालयहरुको कार्यसम्पादन राम्रो रहेको चर्चा गर्दै मुख्यमन्त्री आचार्यले कामको सिलसिलामा दिवंगत प्रहरीको योगदान र परिवार प्रति गर्नुपर्ने दायित्व राज्यले सधैं निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव महादेव पन्थले अपराध अनुसन्धान, शान्ति सुरक्षा कायम गर्न र विपद् व्यवस्थापनलगायतका काममा प्रहरीले सफलता प्राप्त गरेको भन्दै अनुसन्धानको कामलाई आधुनिक प्रविधि संग जोड्न जरुरी रहेको बताए ।
प्रकाशित मिति : बुधबार, असोज ३० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्