भैरहवा,
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतबाट अवैध रूपमा ल्याइएको भन्सार छलीको सामान बरामद गरेको छ।
कार्तिक ५ गते सोमवार ओमसतिया गाउँपालिका वडा नं ४ बालापुरमा चेकजाँच गर्दा भारतबाट अवैध रूपमा ल्याइएको भन्सार छलीको सामान प्रहरीले बरामद गरेको हो ।
प्रहरीका अनुसार ११ लाख ५१ हजार ८ सय बराबरको सामान बरामद गरिएको हो । यसमा ३० वटा आईफोन, ७० जोडी जुत्ता, ८ कार्टुन चकलेट, ४ बोरा बुकि पेपर, र ७० केजी ताजा फूल तथा फूलका बिरुवा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक डीएसपी लक्ष्मी खनालले बताउनुभयो ।
प्रहरीले आवश्यक कारवाहीका लागि बरामद सामानलाई भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइसकेको छ ।
प्रकाशित मिति : मंगलबार, कार्तिक ६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्