वर्तमान सरकार ढल्ने दिवा सपना कसैले नदेख्न प्रधानमन्त्री केपी शर्मा ओलीकोआग्रह

वर्तमान सरकार ढल्ने दिवा सपना कसैले नदेख्न प्रधानमन्त्री केपी शर्मा ओलीकोआग्रह

काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार ढल्ने दिवा सपना कसैले नदेख्न आग्रह गरेका छन् ।
सरकारको सय दिन पुरा भएपछि बुधबार सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र नेकपा ९एमाले० जस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार बनेको भन्दै ढल्ने दिवा सपना कसैले नदेख्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले काम गर्न नदिने उद्देश्यले सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह फैलाउने गरिएको टिप्पणी गरे ।

उनले वर्तमान सरकारको ध्यान सुशासनका केन्द्रीत रहेको जिकिर गरे । जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुने उनले बताए । प्रधानमन्त्री ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुमाथि सरकारले कानुनी कारवाही सुरु भएको र हालसम्म ६ सय भन्दा माथिलाई कानुनी कारवाही गरिएको जानकारी दिए ।

सहकारी ठगहरुलाई कारवाही गर्ने मात्र होइन, वचतकर्ताको वचत फिर्ता गर्नको लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढिरहेको उनले बताए ।

उनले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको हल्लाबाजी र सुटिङ गरेर देखाउने विषय बन्न नहुने भएकाले यसले सुशासनको प्रणालीका रुपमा गति लिनु पर्छ भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले भ्रष्टाचारका कसुरमा फस्ने त्रास र त्यसबाट उम्किने आकांक्षा, भ्रष्ट र भ्रष्टाचारका मतियार जोगाउने उद्देश्यका साथ देशमा अस्थिरता र अराजकता फैलाउन खोज्ने तत्वहरु सक्रिय रहेको धारणा राखे । उनले सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको र प्रकृति प्रतिकूल नभइदिएको भए बाँकी ३० प्रतिशत काम पनि सम्पन्न हुने धारणा राखे ।

त्यस्तै प्रधानमन्त्री ओलीले बाढी पहिरोका कारण मृत्यु भएका ३९१ जनाको परिवारले २ लाखका दरले राहत पाएको र बाढी पहिरोबाट प्रभावित २ हजार ५ सय ५५ परिवारलाई ४ करोड ५० लाख रुपैयाँ तत्काल राहत प्रदान गरेको जानकारी दिए ।

उनले यसअवधिमा १५ लाख दुग्ध किसानले भुक्तानी पाएको, ७५ हजार उखु किसानलाई अनुदान भुक्तानी दिइएको उल्लेख गरे । उनले आर्थिक अभावमा जलनको उपचार गर्न नसक्ने नागरिकहरुको लागि सातवटै प्रदेशमा निःशुल्क उपचारको व्यवस्था गरेको, क्यान्सर उपचार सेवा सातै प्रदेशमा विस्तार गरेको, सार्वजनिक प्रशासनमा हुने ढिलासुस्ती र प्रशासनिक काममा हुने झन्झट हटाएको उपलव्धी सार्वजनिक गरे ।

यस अवधिमा १७ वर्ष अघिदेखि थालनी भएको शान्ति प्रक्रियाका बाँकी कामलाई अन्तिम निश्कर्षमा पु¥याउन सफल भएको प्रधानमन्त्री ओलीले बताए ।

प्रकाशित मिति : बुधबार, कार्तिक ७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij