काठमाडौं : आइसीसी पुरुष क्रिकेट विश्वकप लिग टु मा स्कटल्यान्डले अमेरिकालाई ७१ रनले पराजित गरेको छ।
घरेलु टोलीको सिरिजमा लगातार यो दोस्रो हार हो। स्कटल्यान्डको जितमा ब्रेन्डन मेक्मलेनले शतकिय इनिङस खेले। टेक्सस डालास स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा अमेरिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।
स्कटल्यान्डले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय १७ रनको योगफल बनायो। ओपनर एन्ड्रिउ उमिद १८ रनमानै आउट भए। तर दोस्रो विकेटका लागि चार्ली टियर र मेक्मलेनले १ सय ४ रनको साझेदारी गरेपछि स्कटल्यान्डले विशाल लक्ष्य प्रस्तुत गरेको थियो।
चार्लीले ५१ रनको योगदान गरे। कप्तान रिच्ची बेरिङटन २६ रनमा मैदान बाहिरिए। मेक्मलेनले १ सय ४० वलमा १ सय ५१ रनको उत्कृष्ट इनिङस खेले। सौरभ नेत्रवाल्कर र जस्दिप सिंहले २–२ विकेट लिए। जवाफमा अमेरिका ४४ ओभरमा २ सय ४६ रनमा अल आउट भयो।
माथिल्लो क्रमका तीन ब्याटर सस्तैमा पभेलियन फर्किएपछि अमेरिका दवावमा आएको थियो। सायन जाहिगंर ९ रनमा आउट हुदा साड्ली भानले खाता खोल्न सकेनन्। सुसान्त मोदानीले २५ रन मात्र बनाए। मध्य क्रमका ब्याटर कप्तान मोनाक पटेलले ५२, संजय कृष्णमुर्तीले ४९ र उत्कर्ष श्रीवास्तवाले ६७ रन बनाएपनि जितका लागि पर्याप्त भएन्।
ज्याक जार्भिसले ४, ब्रेड करी र मार्क वाटले २–२ विकेट हात पारे।
अघिल्लो खेलमा नेपालसँग पराजित भएको स्कटल्यान्डले उत्कृष्ट पुनरागमन गरेको छ।
अमेरिका सिरिजमा उसको यो दोस्रो जित हो। यसअघि पहिलो खेलमा अमेरिकालाइनै स्कटल्यान्डले १० विकेटले हराएको थियो।
अमेरिकाले भोलि र स्कटल्यान्डले मंगलबार नेपालसँग प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक १६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्