थाई एयर एशियाले पर्सि आइतवारदेखि काठमाण्डौ र भैरहवाबाट उडान गर्ने

थाई एयर एशियाले पर्सि आइतवारदेखि काठमाण्डौ र भैरहवाबाट उडान गर्ने

काठमाण्डौ – थाई एयर एशियाको पर्सि आइतवारदेखि काठमाण्डौ र भैरहवाबाट एकसाथ उडान सञ्चालन गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार एयर एसियाले काठमाण्डौको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उडान गर्ने सर्तसहित उडान अनुमति फुकुवा गरिएको छ ।

गएको कात्तिक ११ गते अनुमति बिना काठमाण्डौ आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको थियो । एयरलाइन्सले प्राधिकरणसँग माफी मागेपछि उसको निलम्बित उडान फुकुवा भएको हो ।

कम्पनीलाई हप्तामा काठमाण्डौबाट चार र भैरहवामा दुई वटा उडान गर्ने गरी अनुमति दिइएको छ । भैरहवाको उडान बन्द गरेमा काठमाण्डौको उडान स्वतः रद्द हुने सर्तसमेत राखी उडान फुकुवा गरिएको हो ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक १६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij