बुटवल-बुटवलमा आज गाईपुजा, गोवर्धन पुजा र अखण्ड किर्तन गरिएको छ ।
गोवर्द्धन पूजाको अवसरमा आज बुटवल उपमहानगरपालिका व्दारा संचालित बुटवल ७ शिवनगरमा रहेको नन्दिनी गौशालामा गाईपुजा, गोवर्धन पुजा र अखण्ड किर्तन गरिएको हो ।
कार्यक्रममा मुक्तिनाथ धामका पिठाधिस ब्रह्मनन्द स्वामी लोकानन्दले बुटवलको समृद्धि र बिकासको लागी यो गौशाला महत्वपूर्ण रहेको बताउनुभएको छ उहाँले जब सम्म गाइको सेवा गर्न सक्दैनौ तब सम्म सुख शान्ती समृद्धि प्राप्त नहुने बताउनुभयो ।उहाँले भन्नुभयो सुख शान्ती समृद्धि प्राप्त हुने प्रमुख स्रोत नै गौमाता हुनुहुन्छ।
सडकमा छाडा छोडिएका पशु र चौपायाको व्यवस्थापन गरी सहर र सडक व्यवस्थित गर्ने जिम्मेवारी स्थानीय सरकारको रहेको बताउनुभयो।
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले तिहार नेपाल संवत छठ लगायतका चाडपर्वको अवसरमा शुभकामना दिदै यो गौशाला सबैको साझा भएको बताउनुभयो।
उहाँले यो क्षेत्रलाई धार्मिक र पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नको लागी नगरले विभिन्न काम गरिरहेको बताउनुभयो।
उहाँले भन्नुभयो धार्मिक ,पर्यटकिय,खेलकुदको क्षेत्रमा विकास गर्न सकेनौ भने भौतिक विकासले मात्रै सहरको विकास हुन सक्दैन, धार्मिक र पर्यटकिय विकासको लागी यो गौशाला मुख्य दिब्य हो । नगर प्रमुख पाण्डेले नन्दनी गौशालाको अझै ७० प्रतिसत काम गर्न बाकि रहेको बताउदै यसलाइ छिटटै व्यवस्थापन गरिने बताउनुभयो । उहाँले उक्त क्षेत्रमा योगा केन्द्र आयुर्वेदिक केन्द्र,१०८ पिपल,एक हजार आठ सालिग्राम राख्ने, लगायत धार्मिक वनको रुपमा विकसित गदै लैजाने बताउनुभयो ।
कात्तिके औंशीको अवशरमा गाईलाई नुन खुवाउनका लागि बिहानैदेखि सयौं श्रद्धालुहरु गौशाला पुगेका थिए । गाईलाई लक्ष्मीको रुपमा मानेर गोवद्र्धन पुजागरी नुन, तेल, पिठो तथा फलफुलहरु खुवाईने प्रचलन रहेको छ ।
कात्तिक कृष्ण औंशीको दिन गाईलाइ पुजाआजा गरी नुनतेल खुवाएमा लक्ष्मीको सधैभरि घरमा बास हुने र अन्य रोग व्याधिहरुले समेत सताउँदैन भन्ने धार्मिक मान्यता छ ।
कार्यक्रम नगरउपप्रमुख साबित्रादेबी अर्यालको स्वागत एवम बुटवल अधिकृत ठगिश्वर पौडेलको सञ्चालनमा सम्पनन भएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सांसद जमुना ढकाल,बुटवलका पूर्व मेयर शिवराज सुवेदी,पुनाराम पोखरेल,बुटवल उद्योग वाणिज्य संघका हरि प्रसाद अर्याल लगायत राजनितीक दल,जनप्रतिनिधी, विविन्न संघ संस्था,टोल विकास ,सामुदायिक बनका प्रमुख तथा प्रतिनिधीको सभागिता रहेको थियो ।
प्रकाशित मिति : शनिबार, कार्तिक १७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्