JanataToday.com

Advertisment

SKIP THIS

रूपन्देही सुपरलिगः स्टार क्रिकेटको लगातार दोस्रो जित

रूपन्देही सुपरलिगः स्टार क्रिकेटको लगातार दोस्रो जित

भैरहवा,

निरज मौर्यको उत्कृष्ट बलिङमा स्टार क्रिकेट क्लबले रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । डिभिजन ‘बी’ अन्तर्गत सोमबारको खेलमा बुटवल युथलाई ७ विकेटले पराजित गर्दै स्टार क्रिकेटले दोस्रो जित हात पारेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा जितका लागि पाएको ९८ रनको लक्ष्य स्टार क्रिकेटले १७ ओभर ४ बलमा ३ विकेट गुमाउँदै एक सय रन बनाई सहजै जित निकाल्यो । उसको जितमा अस्मान थारुले नटआउट २३, समिप पौडेलले १९, नरबहादुर सार्कीले अविजित १८, राहुल नाउले १६ र राहुल क्षेत्रीले ११ रनको योगदान गरे । बलिङमा बुटवल युथका सन्तोष परियार र अजय चौधरीले १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बुटवल युथले निर्धारित ५० ओभरको खेलमा २५ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर ९७ रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न स्टारका निरज मौर्यले ८ ओभरमा २ मेर्डन राख्दै २४ रन खर्चेर ६ विकेट लिए । यस्तै, शुभम खनालले ३ विकेट लिन सफल भए ।

बुटवल युथका निरज भण्डारीले ३१, सोनु मल्लाहले २२, विकाश न्यौपानेले १४ र स्वाइकोट विश्वासले १२ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिमले हार व्यहोर्यो । खेलमा स्टारका निरज मौर्य प्यलेयर अफ द म्याच भई १ हजार दुई रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । यसपटक नेपाल सुपरलिगका कारण दुईचरणमा सुपरलिग हुनेछ । पहिलो चरणमा मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुनेछन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपरलिग पछि आयोजना हुनेछ ।

प्रकाशित मिति : सोमबार, कार्तिक २६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij