बुटवलमा स्वास्थ्यकर्मीरुको लागि शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन सम्बन्धि पुनर्ताजगी तालिम सुरु

बुटवलमा स्वास्थ्यकर्मीरुको लागि शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन सम्बन्धि पुनर्ताजगी तालिम सुरु

 

बुटवल-रूपन्देहीको बुटवल उपमहानगरपालिकामा “पोषण मार्फत जीवन रुपान्तरण “परियोजना अन्तर्गत स्वास्थ्यकर्मीरुको लागि शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन सम्बन्धि पुनर्ताजगी तालिम आजदेखि सुरु भएको छ । तालिमको मंगलबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले शभारम्भ गरेका हुन् । साे अवसरमा नगर प्रमुख पाण्डेले बालबालिकाहरुलाई कुपोषण हुन नदिन र भइहाले उपचार गरी निकाे बनाउने काम गर्दै आएको भन्दै एक कुपोषीत बच्चाको उपचार गरे एउटा यज्ञ गरे बराबर पुण्य मिल्ने धारणा राखे । बुटवललाई स्वास्थ्य र शिक्षाको हवकाे रूपमा विकास गर्न उपमहानगरपालिकाले बिभिन्न किसिमका कार्य गर्दै आएको भन्दै उनलेे साे अभियानलाई सफल बनाउन स्वास्थ्यकर्मीहरूलाई आग्रह गरे । तालिमको उदेश्य बारे प्रकाश पार्दै बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बालबालिकालाई कुपोषण हुनबाट जाेगाउन र भएका बालबालिकाकाे उचित उपचार सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरूका लागि पुनर्ताजगी तालिम आयोजना गरिएको जानकारी गराए । यस किसिमको तालिम बुटवलका सबै स्वास्थ्य स्वयंसेविकाहरूलाई दिने योजना रहेको उनको भनाइ थियो । तालिम उद्घाटन कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्याल,जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका निमित्त प्रमुख चिन्तनमणी ज्ञवाली,बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनाल.स्वास्थ्य कार्यालय रूपन्देहीका पाेषण फाेकल पर्सन टीकाराम अधिकारी,सेतो गुराँस वालविकास सेवा रुपन्देहीका कार्यक्रम संयोजक मिनु पुन श्रेष्ठलगायतले बालबालिकालाई पाेषणकाे आवश्यकता र महत्त्व बारे आ आफ्नो भनाइ राखेका थिए । सेतो गुराँस बालविकास सेवा रुपन्देहीको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो ।तालिममा बालबालिकाहरुको कुपोषणको अवस्था तथा हटाउने बारे प्रशिक्षण दिइएको थियोे । बुटवल उपमहानगरपालिकामा कार्यरत सामुदायिक परिचालकहरु रीता भट्टराई र शोभा ज्ञवालीलगायत ४० बढी स्वास्थ्यकर्मीहरूकाे सहभागिता रहेकोे तालिममा रहेको सेतो गुराँस बालविकास सेवा रुपन्देहीका निर्देशक सुमित्रा शर्माले जानकारी दिइन् । भाेली बुधबारसम्म सञ्चालन हुने तालिम उद्घाटन कार्यक्रम बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक मीन प्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : मंगलबार, कार्तिक २७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij