JanataToday.com

Advertisment

SKIP THIS

बिजुली निर्यातको उद्घाटन तीन वटा देशका मन्त्रीले गर्ने

बिजुली निर्यातको उद्घाटन तीन वटा देशका मन्त्रीले गर्ने

काठमाण्डौ –
भोलि नेपालले बङ्गलादेशलाई बिजुली बेच्ने शुरुआत तीन वटा देशका मन्त्रीले गर्ने भएका छन् ।

नेपालका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासहित भारत र बङ्गलादेशका ऊर्जामन्त्रीले संयुक्त रूपमा स्विच थिचेर बिजुली निर्यातको उद्घाटन गर्ने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालोलाई जानकारी दिनुभयो । ‘भोलि दिउँसो पौने १ बजे भर्चुअल समारोहमार्फत बङ्गलादेशमा बिजुली पठाउने कामको शुरुआत हुँदैछ’, घिसिङले भन्नुभयो ।

नेपाल विद्युत् प्राधिकरणले भोलि शुक्रवार बङ्गलादेशलाई ४० मेगावाट बिजुली बिक्री गर्दैछ । यसअघि भएको सम्झौता अनुसार भोलि नोभेम्बर १५ तारिखमा ४० मेगावाट बिजुली भारत हुँदै बङ्गलादेश पठाउन लागिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले उज्यालोलाई जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : बिहिबार, कार्तिक २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij