काठमाण्डौ –
नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आईसीसी टी–२० विश्वकपमा छनोट भएको १९ वर्षमुनिको महिला क्रिकेट टोलीका सदस्यलाई साढे दुई लाख रुपैयाँका दरले पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
आज बसेको क्यानको बैठकले खेलाडीलाई साढे दुई लाख र अफिसियलहरूलाई एक लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको क्यानका प्रवक्ता छुम्बी लामाले उज्यालोलाई जानकारी दिनुभयो ।
हिजो भएको १९ वर्षमुनिको महिला टी–२० विश्वकपको एशिया छनोटको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलो पटक टी–२० विश्वकपमा छनोट भएको थियो । १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।
प्रकाशित मिति : बिहिबार, कार्तिक २९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्