काठमाण्डौ –
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड आजदेखि ८८औँ वर्षमा प्रवेश गरेको छ । नेपाल बैंक १९९४ साल कात्तिक ३० गते सार्वजनिक निजी साझेदारीमा स्थापना भएको थियो । आफ्नै देशको नेपाली मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंकले खेलेको भूमिका स्मरणीय छ ।
नेपाल बैंकले आफ्नो स्थापनाकालदेखि राष्ट्र बैंक स्थापना हुनुपूर्व २०१२ सालसम्म देशको केन्द्रीय बैंकको रूपमा समेत काम गरी नेपालको बैंकिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । यो बैंकबाट अहिले ७१ जिल्लामा शाखा विस्तार गरी कारोबार तथा बैकिङ्ग सेवा उपलब्ध छ ।
बैंकका दुई सय २९ शाखा, ६० एक्स्टेन्सन काउन्टरसहित २५ लाखभन्दा धेरै ग्राहकलाई सेवा दिइरहेको नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले बताउनुभयो । उहाँका अनुसार नेपाल बैंकका धेरैजसो कारोबार डिजिटल माध्यमबाट सञ्चालन हुँदै आएका छन्
प्रकाशित मिति : शुक्रबार, कार्तिक ३० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्