JanataToday.com

Advertisment

SKIP THIS

कर्नाटकविरुद्धकोे दोस्रो एकदिवसीय अभ्यास खेलमा १९ वर्षमुनिको नेपाली टोली विजयी

कर्नाटकविरुद्धकोे दोस्रो एकदिवसीय अभ्यास खेलमा १९ वर्षमुनिको नेपाली टोली विजयी

काठमाडौँ
कर्नाटकविरुद्धकोे दोस्रो एकदिवसीय अभ्यास खेलमा १९ वर्षमुनिको नेपाली टोली विजयी भएको छ। आज भएको खेलमा कर्नाटकलाई ७ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो।

पहिले ब्याटिङ गर्दै जितका लागि कर्नाटकले दिएको १२२ रनको लक्ष्य नेपालले २५ ओभरमा ३ विकेटमात्र गुमाएर सहजै भेट्टायो।

नेपालको जितमा आकाश त्रिपाठीले अर्धशतक प्रहार गर्दै सर्वाधिक ५२ रनको योगदान गरे भने ​मयन यादवले ३२ रन र नरेन भट्टले १४ रन बनाए।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ थालेको पाहुना टोली कर्नाटकले ३८ ओभर १ बलमा सबै विकेट गुमाउँदै १२१ रनमात्र बनाउन सक्यो।

कर्नाटकका रिषभले ४० रन तथा ओपनर प्रतीकले ३७ रन बनाए पनि अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

जितसंगै ५ खेलको श्रृखंलामा नेपालले १–१ को बराबरी गरेको छ। पहिलो खेलमा कर्नाटक १ विकेटले विजयी भएको थियो।

प्रकाशित मिति : शुक्रबार, कार्तिक ३० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij