JanataToday.com

Advertisment

SKIP THIS

रूपन्देही सुपरलिगः देवदह क्रिकेट युनिटले बुटवल–११ क्रिकेट क्लबलाई पराजित गर्दै ९५ रनले विजयी

रूपन्देही सुपरलिगः देवदह क्रिकेट युनिटले बुटवल–११ क्रिकेट क्लबलाई पराजित गर्दै ९५ रनले विजयी

भैरहवा,

देवदह क्रिकेट युनिटले बुटवल–११ क्रिकेट क्लबलाई पराजित गर्दै जित निकालेको छ । भैरहवामा जारी ‘रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता’ अन्तर्गत डिभिजन ‘बी’को शुक्रबारको खेलमा देवदहले ९५ रनको सानदार जित निकालेको हो ।

यहाँस्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको देवदहले निर्धारित ५० ओभरको खेलमा ४८ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर १ सय ९१ रनको बलियो योगफल खडा गर्यो । उसका लागि दीपक भण्डारीले नआउट ५६ रनको अर्धशतकीय पारी खेले । यस्तै, अर्जुन रायमाझीले ३१, संकेत भट्टराईले २७ र कृतिमान ढकालले १५ रनको योगदान गरे । बलिङमा बुटवल ११ का दिवेश खातीले ३, सुदन श्रेष्ठ, तौसिफ आलम, मञ्जिल भण्डारी, एजाज अहम्मद र प्रमिश अर्यालले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बुटवल २७ ओभर २ बलमा ९६ रन बनाउँदा अलआउट भयो । उसलाई सस्तैमा रोक्न बलिङमा देवदहका सुरज खड्काले ९ ओभरमा २ मेर्डनसहित २६ रन खर्चेर ५ विकेट हात पारे । यस्तै, अर्जुन रायमाझीले ३ र रोशन गौतमले २ विकेट हात पारे । बुटवलका प्रमिश अर्यालले ४२, बिशाल भुसालले २४ र विभेष खातीले १६ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिमले हार व्यहोर्यो । खेलमा देवदहका सुरज खड्का प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । यसपटक नेपाल सुपरलिगका कारण दुईचरणमा सुपरलिग हुनेछ । पहिलो चरणमा मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुनेछन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपरलिग पछि आयोजना हुनेछ ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक ३० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij