काठमाडौँ
नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य बढाएको छ।
पेट्रोलको मूल्य केही पैसा बढेर आए पनि हाललाई यथावत राखिएको निगमले जानकारी दिएको छ। बढेर आएको मूल्य आज राति १२ बजेपछि लागू हुने जनाइएको छ।
निगमले सार्वजनिक गरेको सूचना अनुसार डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्य बढाइएको छ।
अब काठमाडौँ र पोखरामा मूल्य १५३ रुपैयाँ पर्नेछ । दाङ र सुर्खेतमा १५२ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५०।५० रुपैयाँ पर्नेछ । ग्यास र हवाई इन्धनको मूल्य भने घटबढ भएको छैन ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक ३० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्