काठमाणडौ – नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री पदम राईको निधन भएको छ । पार्किन्सन रोगबाट पीडित राईको उपचारका क्रममा हिजो काठमाण्डौको वीर अस्पतालमा निधन भएको माओवादीका केन्द्रका नेता सुदन किराँतीले जानकारी दिनुभयो ।
भोजपुरको षडानन्द नगरपालिका बोयाका ५७ वर्षीय राईको अन्तिम संस्कार कहाँ र कहिले गर्ने भन्नेबारे निर्णय हुन बाँकी छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राईको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।
प्रकाशित मिति : आइतबार, मंसिर ९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्