रुपन्देही सुनचाँदी व्यावसायि संघद्धारा बधाइ तथा सम्मान कार्यक्रम

रुपन्देही सुनचाँदी व्यावसायि संघद्धारा बधाइ तथा सम्मान कार्यक्रम

बुटवल-रुपन्देही सुनचाँदी व्यावसायि संघले आज बधाइ तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
संघले आज एक कार्यक्रका बिच कार्तिक १० गते सम्पन्न रुपन्देही सुनचाँदी व्यवसायी संघको सातौ आठौ तथा नवौ साधारण सभा तथा तेसा्रे अधिवेसन बाट निर्वाचित भएपछि मनोनीत सल्लाहकार तथा सदस्यहरुलाइ बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै संघका सस्थापक अध्यक्ष सल्लाहकार प्रेम सेन्चुरीले पेसालाई कसरी मर्यादित र अनुसासित गराउने हो त्यस तर्फ त्यो तर्फ लाग्न आग्रह गर्नुभयो । एक आवश्यकताले जन्म लिएको यो संस्था रुपन्देही आफैमा ठुलो क्षेत्र भएको भएर पनि सबै नगरलाई समेटन साझा मंचको आवश्यकता अनुरुपनै यो संस्थाको स्थापना भएको बताउदै बिगतमा मर्यादित हिसावले भाइचारा कायम राख्दै ,सामाजिक उत्तरदायित्व पुरा गर्दै संघलाई यो स्थान सम्म ल्याएको बताउदै सस्थागत केहि उल्झन भए पनी संस्थाको हक हितको लागी एकताको निती लिएर अगाडी बढ्न आग्रह गर्नुभयो ।

पूर्व केन्द्रिय उपाध्यक्ष जोगलाल बिस्वकर्माले सुन प्राप्तिको विषय अहिलेको अवस्थामा सहज नभएको बताउदै महासंघले यस विषयमा पहल गर्ने छ भन्नी अपेक्षा व्यक्त गर्नुभयो ।अहिलेको अबस्थामा २० केजि सुन अपुग भएकोले कोटा बढाउन पर्ने बताउनुभयो ।

सुनचाँदी व्यवसायी महासंघ केन्द्रिय सदस्य चेत नारायण कालिराज विष्णुले अग्रज हरुले बनाएको बिरासत जोगाउने प्रतिबद्धता जनाउनु भयो ।
आफुले महासंघमा सुनचाँदी व्यावसायिको हकहितमा आफुले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।साथै उहाँले आफ्नो आवाज सुनचाँदीको आगामी दिनमा मातहतमा सुनचाँदीको वितरण हुने बताउनुभयो ।

सल्लाहकार एम बि बिस्वकर्मा व्यसायीको हकहितको निम्ती सबै जुटेर लाग्नुपर्ने बताउदै नगर साखा लाई नफुटाइ रुपन्देही लाई जोडेर जान सुझाव दिनुभयो ।
निबर्तमान अध्यक्ष राम किसन विस्वकर्माले अहिले सुनचाँदीको समस्या फरक भएको ले यसको समाधानको लागी केन्द्रले व्यवस्था मिलाउनु पर्ने रसुनको कोटालाइ संचालन गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा संघका सल्लाहकार सुरेस रत्न बज्राचार्य ,सल्लाहकार बिक्रम सुनार , प्रेस सल्लाहकार फुलु सुनार,देबदह सुनचाँदी व्यावसायि संघ अध्यक्ष इन्द्र सुनार लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम संघका अध्यक्ष गोपाल रामदाम विश्वकर्माको अध्यक्षता उपाध्यक्ष मनोज सेन्चुरीको स्वागत र महासचिव दिपक कौसल सतिसको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : सोमबार, मंसिर १७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij