परराष्ट्रमन्त्री डा आरजु राणा देउवा शनिबार आज युरोप जाँदै

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा शनिबार आज युरोप जाँदै

काठमाडौं,
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा शनिबार आज युरोप जाँदैछिन्।

उनी अन्तर्राष्ट्रिय अदालत ९आईसीजे०मा नेपालको प्रतिनिधित्व गर्न युरोप भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मन्त्री राणाले सुरुमा नेदरल्यान्ड्स र त्यसपछि जर्मनीको भ्रमण गर्नेछिन्। डिसेम्बर ९ मा उनले ‘जलवायु परिवर्तनसम्बन्धी राज्यहरूको दायित्व’सम्बन्धी सार्वजनिक सुनुवाइमा नेपालको धारणा प्रस्तुत गर्ने बताइएको छ।

उक्त सुनुवाइ डिसेम्बर २ देखि १२ सम्म नेदरल्यान्ड्सको हेगमा भइरहेको छ। सो कार्यक्रमपछि मन्त्री राणा समान अधिकारसम्बन्धी एक कार्यक्रममा सहभागी हुन जर्मनी जाने बताइएको छ।

उनले बेल्जियम, लक्जेम्बर्ग, जर्मनी र युरोपियन युनियन ईयू०का उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उनी डिसेम्बर २० मा स्वदेश फर्कने कार्यक्रम तय भएको छ।

प्रकाशित मिति : शनिबार, मंसिर २२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij