लुम्बिनी महोत्सवः अल्लो र ढाकाका उत्पादनमा उपभोक्ताको आकर्षण

लुम्बिनी महोत्सवः अल्लो र ढाकाका उत्पादनमा उपभोक्ताको आकर्षण

 

भैरहवा,

अल्लो र ढाका भन्दावित्तिकै धेरैले स्वदेशी उत्पादन सम्झन्छन् । यसबाट बनेका पहिरन लगाउने धेरैको चाहना हुन्छ । शरीरमा लगाउँदा सुहाउने, नेपाली पहिरनको झल्को दिने र आकर्षक देखिने भएकाले पनि धेरै ढाका र अल्लोको कपडा लगाउन लालायित हुन्छन् । यदि तपाईं अल्लो र ढाकाबाट बनेका पहिरन खरिद गरी लगाएर चिटिक्क पर्न चाहनुहुन्छ भने अब टाढा जान पर्दैन । भैरहवामा जारी लुम्बिनी राष्ट्रिय महोत्सवले आम उपभोक्तालाई यो अवसर उपलब्ध गराएको छ ।

सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा भैरहवास्थित अचंचलपुरमा जारी महोत्सवमा मुलुकका पाल्पा, सुर्खेत लगायतका ठाउँठाउँबाट ल्याइएका नेपाली उत्पादन अल्लो र ढाकाका कपडा विक्रीका लागि राखिएको छ ।

यतिबेला महोत्सवमा रहेको स्टलमा अल्लो र ढाकाले बुनेको टोपी र साढी–चोली । गलबन्दी, दौरा–सुरुवाल, सर्ट, इस्टकोट यी सबै सामान विक्री गरिरहेकी छन् कर्णाली प्रदेशको सुर्खेतकी नन्दा रास्कोटी मगरले । उनले महोत्सवमा अल्लोका उत्पादन बेचेको ३ दिन भयो । ‘तीन दिनमा राम्रो विक्री छ, धेरैजना नेपाली उत्पादन भन्दै खरिद गर्न आउनुभएको छ’, उनले भनिन्, ‘बजारीकरण राम्रो भयो भने नेपाली उत्पादनले राम्रो मार्केट लिन्छ ।’

उनले यस्ता मेला महोत्सवले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने जनाइन् । ‘यस्तै कार्यक्रमहरु भइरहने हो भने हामीलाई बजारीकरणको समस्या हुँदैन’, उनले भनिन्, ‘महोत्सव नचल्दा समस्या हुन्छ । सरकारले सहयोग गरे स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्न सकिन्छ ।’ मंसिर २० गतेदेखि भैरहवास्थित अंचलपुरमा सुरु महोत्सवमा अल्लो र ढाका जस्तै नेपालका ४० जिल्लाका उत्पादन आकर्षण बनेका छन् ।

नवौं लुम्बिनी राष्ट्रिय महोत्सवममा ४० जिल्लाका बिशेष गरी पूर्व मेचीदेखि पश्चिम दैलेख सम्मका उत्पादन रहेको संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए । श्रेष्ठले सस्तो र गुणस्तरिय समान महोत्सवममा उपलब्ध रहेको जानकारी दिए । ‘खासगरी स्वदेशी उत्पादनको प्रबद्र्धन गर्नकै लागि यो महोत्सव आयोजना गरिएको हो’, उनले भने, ‘यसैको उदाहरण ढाका र अल्लोका कपडाहरु हुन् ।’ उनले बजारीकरण राम्रो भए स्वदेशी उत्पादनले मुलुकका लागि ठूलो योगदान दिने जनाए । महोत्सवममा ३ सय स्टल छन् । महोत्सवमा करिव १० करोडको ब्यापार हुने लक्ष्य आयोजकको छ ।

प्रकाशित मिति : शनिबार, मंसिर २२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij