राष्ट्रपति पौडेलले नियुक्त गरे ५ देशका लागि राजदूत

राष्ट्रपति पौडेलले नियुक्त गरे ५ देशका लागि राजदूत

काठमाडौँ :

राष्ट्रपति रामचन्द्र पौडेलले ५ देशका राजदूत नियुक्त गरेका छन्।

राष्ट्रपति पौडेलले पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेको प्रवक्ता भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिअनुसार पोर्चुगलका लागि प्रकाशमणि पौडेल,  स्पेनका लागि सनिल नेपाल,  दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, बेल्जियमका लागि सेवा लम्साल र कोरियाका लागि शिवमाया तुम्बाहाङ्फे राजदूत नियुक्त भएका छन्।

प्रकाशित मिति : शुक्रबार, मंसिर २८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij