पत्रकार महासंघ रुपन्देहीमा चौतारी र युनियनको संयुक्त प्यानल विजयी, अध्यक्षमा दिनेश पाण्डे

पत्रकार महासंघ रुपन्देहीमा चौतारी र युनियनको संयुक्त प्यानल विजयी, अध्यक्षमा दिनेश पाण्डे

बुटवल-नेपाल पत्रकार महासंघ रुपन्देही शाखामा प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानल नै विजयी भएको छ । अध्यक्षमा चौतारीका दिनेश पाण्डे निर्वाचित हुँदा उनको प्यानल नै विजयी भएको हो ।

कार्कीले ९५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी समाजवादी प्रेस संगठनका विनोद परियारले ७७ मत प्राप्त गरेका थिए । उनलाई प्रेस सेन्टरलगायत विभिन्न संगठनको समर्थन थियो । त्यस्तै प्रेस चौतारीबाट विद्रोह गरी बागी उम्मेदवारी दिएकी अमृता अनमोल पाण्डेले ५९ मत ल्याएकी थिइन् ।

उपाध्यक्षमा विश्वास ढकाल निर्विरोध निर्वाचित हुँदा, महिला उपाध्यक्षमा मिना पाण्डे (अस्मिना) १६४ मत ल्याइ विजयी हुँदा उनका प्रतिष्पर्धी माया केसी ६८ र उषाकिरण पन्थले १७ मत प्राप्त गरेकी थिइन् । सचिवमा सिपी खनाल १३६ मत प्राप्त गरी विजयी हुँदा कपिल अधिकारीले ८५ मत प्राप्त गरे ।

सहसचिवमा झविन्द्र देवकोटा १५४ मत ल्याइ विजयी भए भने टेकराज भुसालले ४० र माधवराज न्यौपानेले २८ मत प्राप्त गरे । त्यसैगरी सहसचिव समावेशीमा सुमनरश्मी श्रेष्ठ १२० मत प्राप्त गरी विजयी हुँदा राधेश्याम विश्वकर्माले ६२ र सुनिता चुँदालीले ४६ मत ल्याए ।

त्यसैगरी कोषाध्यक्षमा नरेश केसी १५८ मत प्राप्त गरी विजयी हुँदा सञ्जय सौगात विश्वकर्माले ६९ मत प्राप्त गरे ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा महिला सदस्यतर्फ अनिता चौधरी १४८, दलित सदस्यमा कृष्ण रणपाल १४६, आदिवासी जनजाती सदस्यमा नरेश चौधरी १४२, मधेशी सदस्यमा हृदयराम गुप्ता १३९ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

त्यस्तै खुल्ला ८ जना सदस्यमा कल्पना डुम्रे १५२, डिवि सुस्लिङ ११४, दिनेश कुमार श्रेष्ठ ११६, भुवन जिसी १२०, रविन्द्रप्रताप गुप्ता १३४, रामप्रसाद भण्डारी १३२, ललितकुमार पाण्डे १४६, सुमित्रा चापागाईं १११ मत प्राप्त गरी विजयी भएका छन् ।

राति अवेर सकिएको निर्वाचनको मत परिणाम घोषणा गर्दै निर्वाचन समिति संयोजक खिमानन्द भट्टराईले महासंघलाई साझा संस्थाको रुपमा अघि बढाउन शुभकामना दिए । अध्यक्षमा निर्वाचित पाण्डे यसअघि पत्रकार महासंघ रुपन्देहीको उपाध्यक्ष भई जिम्मेवारी निर्वाह गरेका थिए । अध्यक्षमा निर्वाचित पाण्डे यसअघि पत्रकार महासंघ रुपन्देहीको उपाध्यक्ष भई जिम्मेवारी निर्वाह गरेका थिए । उनी यस अगाडिको निर्वाचनमा रामराज पोखरेलसँग अध्यक्षमा पराजित भएका थिए । त्यतिबेला प्रेस चौतारीविरुद्ध अन्य सबै संगठन एक भई निर्वाचन लडेका थिए ।

निर्वाचित भएपछि प्रतिक्रिया दिंदै पाण्डेले महासंघलाई साझा संस्थाको रुपमा अगाडि बढाउने र यसको गरिमालाई अझ उचो बनाउन प्रयन्त गर्ने बताउँदै पत्रकारहरुको हक हित र क्षमता अभिवृद्धिमा विशेष ध्यान दिने बताए ।

प्रकाशित मिति : शनिबार, मंसिर २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij