तानसेनमा न्यानो कपडा र स्टेसनरी सामान वितरण

तानसेनमा न्यानो कपडा र स्टेसनरी सामान वितरण

पाल्पाको तानसेन नगरपालिका ६ मा न्यानो कपडासहित स्टेसनरी सामान वितरण गरिएको छ । शनिबार इनरह्वील क्लव अफ मिडटाउन बुटवलले तानसेन ६ काे जनप्रिय माध्यमिक विद्यालयका विद्यार्थीका लागि न्यानो कपडा र स्टेशनरी सामान वितरण गरिएको हाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि डिष्ट्रिक ३५० का डिष्ट्रिक चेयरमेन आइ डब्लु आशा श्रेष्ठले इनरह्वील क्लव अफ मिडटाउन बुटवलले विभिन्न सामाजिक काम गरिरहेकाे बताइन् ।
त्यसतै विशिष्ट अतिथि तानसेन नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सागरमान महर्जनले क्लवले सामुदायिक विद्यालयका विद्यार्थीका लागि विभिन्न शैक्षिक सामग्री वितरण गरेकाेमा खुसी व्यक्त गरे । देउसीभैलोबाट सङ्कलन भएको रकमबाट कार्यक्रम गरिएको अध्यक्ष राधिका रिजालले जानकारी दिइन् ।

कार्यक्रममा विशिष्ट अतिथि तानसेन नगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष सागरमान महर्जन , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दयाराम पाण्डे , प्रधानाध्यापक हिरा आचार्य , तानसेन ६ का वडा सदस्य गोमा गैरे , विद्यालयका उपप्राचार्य तीर्थप्रसाद गौतम , विद्यालय व्यवस्थापन समितिका सदस्य लक्ष्मी पाण्डे साथै कुलबहादुर भाट , शिक्षक अभिभावक सङ्घका अध्यक्ष शिव बिक , प्रकाश पाण्डेलगायतकाे उपस्थिति रहेको थियो ।
अष्ट्रेलियाकाे मेलवर्न निवासी तुलसी सापकोटाले १० वटा स्वीटर साैजन्य गरेका थिए भने पाष्ट प्रेसिडेन्ट तृष्णा श्रेष्ठ , अध्यक्ष राधिका रिजाल , बोर्ड मेम्बर शिवा राना साथै सदस्य कविता परियारबाट स्टेसनरीसाथै बिस्कुट सौजन्य गरिएका थिए ।
स्वागत मन्तव्य पास प्रेसिडेन्ट तृष्णा श्रेष्ठ कार्यक्रम सञ्चालन सचिव सुशीला पोखरेलले गरेकी थिइन् ।

प्रकाशित मिति : आइतबार, मंसिर ३० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij