बुटवल -नेपाली कांग्रेसको संगठन निर्माणका लागि संचालित १ सय दिने अभियानअन्र्तगत मंगलवार बुटवल उपमहानगरपालिका वडा नं। १७ मा बिशेष कार्यक्रम सम्पन्न भएको छ ।
संगठन निर्माणलाई बढाउने, पार्टीको भातृ तथा सुवेच्छुक संघ संगठनमा समन्वय बढाउने, जनप्रतिनिधि र पार्टीबीच समन्वय गर्ने लगायतको बिषयमा छलफल केन्द्रीत भएको थियो । कार्यक्रममा उपस्थित भएका अधिकांस कार्यकर्ताले जनप्रतिनिधि र पार्टीबीच समन्वय बढाउन्ुपर्ने, नियमित संगठन निर्माणमा पार्टीले ध्यान दिनुपर्ने र कार्यकर्तालाई पनि नियमित कार्यक्रममा जोड्नुपर्ने लगायतको ध्यानाकर्षण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र नम्बर २ का क्षेत्रिय सभापती प्रजापाल गिरीले सय दिनको अभियानका क्रममा कार्यालय नभएका तहमा कार्यालय स्थापना गर्ने, मासिक रुपमा सबै तहका बैठक र यथाशीघ्र सम्मेलन गर्ने, बार्षिक कार्ययोजना बनाउने, सामाजिक र राजनितिक गतिबिधि बढाएर लैजाने, सदस्यता घर आँगन कार्यक्रमलाई प्रभावकारी बनाउने यस अभियानको मुख्य उदेश्य भएको बताउनुभयो ।
नेपाली कांग्रेस प्रदेस सदस्य भिम प्रसाद न्यौपानेले पार्टी संगठन चुस्त बनाएर आसन्न निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन सबैले पहल गर्नुपर्ने बताउनुभयो । साथै उहाँले जनप्रतिनिधि, आमकार्यकर्ता र पार्टीबीचको सम्बन्ध सुधार हुनुपर्ने बताउनुभयो ।
त्यस्तै नेपाली कांग्रेस बुटवल १७ सभापती ओम बहादुर घिमिरे बाबुरामले अभियानका क्रममा आम जनताका गुनासो सुनेर केन्द्रीय समितिमा प्रतिवेदनका रुपमा पेस हुने हुँदा यो छलफल महत्वपूर्ण हुने जिकिर गर्नुभयो ।साथै धेरै दुःख गरेका व्यक्तिहरूबाट निर्माण भएको काँग्रेसको विस्तार र सङ्गठन सुधारका लागि नयाँ ढङ्गबाट काम गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा बुटवल १७ का अध्यक्ष ज्ञान बहादुर रेस्मी, क्षेत्रिय प्रतिनिधि पोसराज चापागाईं । बुटवल १७ महिला संघ सभापति श्याम माया गुरुङ लगायतले बोल्दै अभियानमा पार्टीका नीति, कार्यक्रम, चुनावी तयारीलगायतबारे स्थानीय नेता कार्यकर्तासँग छलफल हुने हुँदा यस्ता अभियानले पार्टि बलियो हुने हुँदा बताए ।
कार्यक्रम नेपाली कंग्रेस बुटवल १७ सभापति ओम बहादु घिमिरे बाबुरामको अध्यक्षता र सचिव कमल गुरुङ को संचालनमा सम्पन्न भएको हो ।
प्रकाशित मिति : मंगलबार, पुष २ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्