बुटवल उपमहानगरपालिका ८ मा एक दिने काैशी खेती तालिम सम्पन्न भएकाे छ । उद्यमीहरुकाे स्तराेन्नतिका लागि एक दिने काैशी खेती तालिम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा बाेल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष यज्ञ प्रसाद पंगेनीले तालिममा सिकेका कुरालाई व्यवहारमा परिवर्तन गर्न जरुरी रहेकाे बताए । प्रमुख अतिथि उनले यस तालिमपश्चात जति आफ्नाे जमिन छ , यदि जमिन नभए काैशीमै भएपनि तरकारी उत्पादन गर्नुपर्ने बताए । बजारमा पाइने तरकारीमा विषादीकाे मात्रा धेरै हुनाले जति सकिन्छ अाफैले उत्पादन गर्न जरुरी रहेकाे बताए ।
कार्यक्रममा प्रशिक्षक कृषि विज्ञ दयानिधि पाेखरेल घरमै उत्पादन गर्दा केहि मात्रामा पैसाकाे बचत हुने र ताजा वस्तु सेवन गर्दा स्वास्थ्यलाई पनि फाइदा पुग्नेमा जाेड दिए । बुटवलकाे वडा नम्बर ८ का टाेल विकास संस्था , आमा समूह , एकल महिलालगायत ३० जनाकाे सहभागितामा तालिम सम्पन्न गरिएको हाे । साे वडास्तरीय तालिममा बुटवल उपमहानगरपालिका ११ मा रहेकाे उद्यमशील ट्रेनिङ सेन्टरले समन्वय गरेकाे थिए । ट्रेनिङ सेन्टरका उपाध्यक्ष पुष्करनाथ पन्थले स्वागत गरेकाे कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्र पाण्डेको अध्यक्षता र सचिव माधव गैरेले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा वडा नम्बर ८ शान्ति टाेल विकास संस्थाका अध्यक्ष मिना शर्मा संस्थाका काेषाध्यक्ष ज्ञानेन्द्र भुसाल सदस्य रेशम भट्टराईलगायतको सहभागिता रहेकाे थियो ।
प्रकाशित मिति : मंगलबार, पुष ९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्