बुटवल मेलामा पहिलो अभ्यास ः अग्नी सुरक्षासहित विपद प्रतिकार्य तैनाथ

बुटवल मेलामा पहिलो अभ्यास ः अग्नी सुरक्षासहित विपद प्रतिकार्य तैनाथ

बुटवल -‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नारासहित बुटवलमा यही पौष ३ गतेदेखि सञ्चालित औद्योगिक व्यापार मेलामा यस क्षेत्रमै पहिलो पटक अग्नी सुरक्षा व्यवस्थाको प्रयोग गरिएको छ । मेलास्थलमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनिकरण, रोकथाम, उद्धार तथा सुरक्षा व्यवस्थालाई भरपर्दो बनाउनका लागि अग्नी सुरक्षा प्रविधि तथा उपकरणहरु राखिएको हो ।
बुटवल उद्योग वाणिज्य संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी मेलामा सम्भवतः नेपालमै पहिलो अभ्यासको रुपमा अग्नी नियन्त्रणका सामग्री तथा सुरक्षा व्यवस्था गरिएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले बताउनु भयो ।
बुटवल उद्योग वाणीज्य संघका कार्यसमिति सदस्य तथा मेलामा स्वागतद्वार, स्टेज उपसमितिका संयोजक कृष्ण पाण्डेले मेलामा स्टल तथा दर्शकको समेत सुरक्षालाई ध्यानमा राखेर नयाँ अभ्यास गरिएको बताउनु भयो । विकसित मुलुकका मेला महोत्सव वा भिडभाड हुने स्थानहरुमा अग्नी तथा विपद्सँग सम्बन्धि सुरक्षाको पूर्वतयारी अनिवार्य भएपनि नेपालमा त्यति ध्यान दिईएको पाईँदैन ।
बुटवलको फिस्टेल सेफ्टी सोलुशनसँग सम्झौता गरेर मेलास्थलका विभिन्न १८ स्थानमा फायर फाइटिङ सामग्री, २ ठाउँमा फायर फाइटिङ तथा विपदमा उद्धारका सामग्री राखिएको छ । अग्नी सुरक्षा तथा विपदमा उद्धारका लागि आवश्यक पर्ने सामग्रीहरु इलेक्ट्रिक तथा हाते साइरन, माइकदेखि आवश्यक सम्पूर्ण सामग्रीको व्यवस्था गरिएको फिस्टेल सेफ्टी सोलुशनका सञ्चालक प्रदिप आचार्यले बताउनु भयो ।
उहाँका अनुसार विपद आउनुभन्दा पहिले नै पूर्व तयारी गर्न सकेमा सम्भावित दुर्घटनामा ठूलो क्षतिलाई रोक्न सकिन्छ । विपद सुरक्षा बारे जानकारी गराउने उद्देश्यले पनि मेलास्थलमा फायर फाईटर राखिएको उहाँले बताउनु भयो । बुटवलको होराइजन चोकमा शो–रुम सञ्चालन गरी विपद प्रतिकार्यका सामग्रीहरु बिक्री गर्दै आएको फिस्टेल सेफ्टी सोलुशनले अन्य संघ–संस्थाहरुसँग पनि यसको सचेतनाका लागि सहकार्य गर्न तयार रहेको उहाँले बताउनु भयो ।
मेलामा फायर फाइटिङ सामग्री र विपदमा उद्धारका सामग्री राखिएका ठाउँमा तालिम प्रदान गरिएका सुरक्षा कर्मी तैनाथी अवस्थामा राखिएको छ । यसले मेला स्थलमा स्टल र दर्शकको मात्रै नभएर समग्र सुरक्षा व्यवस्थालाई पनि सघाउ पर्याएको संघका कार्यसमिति सदस्य तथा सुरक्षा तथा पार्किङ व्यवस्थापन उपसमितिका संयोजक काशीराम पौडेलले बताउनु भयो ।
त्यसो त मेलामा प्रयाप्त मात्रामा सुरक्षा व्यवस्था मिलाईएको छ भने चारैतिर सिसिटिभि जडान गरि सुक्ष्म निगरानी गरिएको संयोजक पौडेलले बताउनु भयो । यसैगरी मेलास्थलमा कुनै दुर्घटना भइहालेमा प्राथमिक उपचार उपलब्ध गराउन हेल्थ डेस्क, आन्तरिक सञ्चारका लागि सञ्चार डेस्क लगायतका व्यवस्थाहरु गरिएको मेला सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, पुष १३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij