भैरहवा – रुपन्देहीको रोहिणी गाउँपालिकामा डोजर चलाएर सडक किनारका घरटहरा भत्काइएका छन् । शुक्रबार रोहिणी–४ स्थित कोटहवामा डोजर लगाएर घरटहरा हटाइएको हो ।
यसअघि नै सातदिने सूचना जारी गरिएको तर, सूचना जारी गर्दा पनि खाली नगरिएपछि घरटहरा हटाउन डोजर लगाउनुपरेको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । बाटो निर्माण कार्यमा सहयोग गर्नका लागि गत मंसिर २८ गते गाउँपालिकाले सूचना जारी गरेको अध्यक्ष यादवले जानकारी दिए । २०–२५ वटा घरटहरा भत्काइएको उनले बताए ।
उनका अनुसार आर्थिक वर्ष २०८१÷०८२ अन्तर्गत कोटहवा गाउँमा कालोपत्रे सडक निर्माण कार्यमा अवरोध गर्ने घर, टहरा खाली गर्न गाउँपालिकाकाले सूचना जारी गरेको र खाली नगरिएपछि डोजर चलाइएको हो । ‘गाउँपालिकाबासीहरुको आम भेलामा सर्वसहमतिबाट निर्णय भएअनुसार ७ दिनभित्र खाली गरी÷गराई बाटो निर्माण कार्यमा सहयोग गर्न÷गराउन सूचना जारी गरिएको थियो ।’उनले भने ।
स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको उपस्थितिमा डोजर लगाएर घरटहरा भत्काइएको हो ।
प्रकाशित मिति : शनिबार, पुष १३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्