महाराष्ट्र,
भारतको महाराष्ट्र प्रदेशस्थित पुणे शहरमा शनिबारदेखि अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता सुरू भएको छ । भारतको पुणेस्थित खेलकुद विभाग केन्द्रमा आयोजना गरिएको प्रतियोगितामा शनिबार सम्पन्न विभिन्न उमेर समूहको काँटा प्रदर्शनमा नेपालले पहिलो स्वर्ण पदक जितेको छ । नेपालकोतर्फबाट उत्कृष्ट काटा प्रदर्शन गरेका १० वर्षमुनीका खेलाडी समूहका सिद्वार्थ रानाले स्वर्ण पदक हात पारेका छन् । त्यस्तै शनिबार नै प्रतियोगिता अन्तर्गतका विभिन्न उमेर र तौल समूहका खेलाडीको छनौट प्रतियोगिता सम्पन्न भएका छन्
भारतीय राष्ट्रिय कराते संघको आयोजनामा भएको प्रतियोगितामा नेपाल, बंगलादेश, श्रीलंका लगायत भारतका विभिन्न क्षेत्रबाट १ सय भन्दा बढी खेलाडी सहभागी रहेको आयोजक संस्थाका अध्यक्ष राजु थापाले जानकारी दिए ।प्रतियोगिता अन्तरगत आइतबार र सोमबार बिभिन्न उमेर र तौल समूहको अन्तिम फाइनल खेल हुनेछ । नेपालकोतर्फबाट विभिन्न समूहका १८ जना महिला तथा पुरूष खेलाडी सहभागी रहेको जापान गोजुरियो कराते डो मिसन संघ, नेपालका अध्यक्ष केबी रानाले बताए । नेपाली प्रतियोगि खेलाडीहरूको प्रदर्शन उत्कृष्ट रहेको उनले बताए ।
यसअघि शनिबार प्रतियोगिताको उद्घाटन गर्दै भारतीय सिने अभिनेता डा। सुमन तलवारले राष्ट्रको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउन खेल क्षेत्रमा लागेर योगदान गर्ने खेलाडीको सम्मान बढाउनुपर्ने बताए । उनले खेलकुदको कराते जस्तो विधाले आत्मसुरक्षा, अनुशासन र स्वस्थ्य राख्न मद्दत पुर्याउने बताए ।
प्रकाशित मिति : आइतबार, पुष १४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्