JanataToday.com

Advertisment

SKIP THIS

मदन भण्डारी स्पोर्टस् एकेडेमी

मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

भलिवल च्याम्पियनसीप २०८१ को उद्घाटन प्रधानमन्त्रीले गर्ने

 

मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसको अवसरमा मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिवल च्याम्पियनसीप २०८१ हुन लागेको हो ।

बुटवल रामनगर खेलमैदानमा पौष १७ देखि २४ गतेसम्म आयोजना हुने प्रतियोगिताको मंगलबार आर्कषक ट्रफी सार्वजनिक गरिएको छ । आज बुटवलमा पत्रकार सम्मेलन मार्फत लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री तथा नेकपा एमाले पोलिटब्युरो सदस्य लिला गिरि, नेकपा एमाले जिल्ला अध्यक्ष यज्ञ गैरे, एकेडेमीका अध्यक्ष ध्रुव आचार्य,नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष विश्वास ढकालले ट्रफी अनावरण गरेका हुन्। मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिवल च्याम्पियनसीप २०८१ को उद्घाटन प्रधानमन्त्री के पी शर्मा वलीले गनुहुने भएको छ । साथै उद्घाटन समारोहको विशिष्ट अतिथिका रुपमा उपप्रधान तथा अर्थ मन्त्री बिष्णु पौडेल रहने जानकारी सो अबसरमा दिइएको थियो । ट्रफी अनावरण गर्दै पूर्व मुख्य मन्त्री गिरीले खेलकुदमा धेरै सम्भावना बोकेको नेपालमा मदन भण्डारी स्र्पोट एकेडेमीले छोटो समयमानै ठूलो योगदान पुर्याएको धारणा राख्नुभयो ।

‘यो स्वर्ण जलप गरिएको भलिबल ईतिहासमा नै आर्कषक ट्रफि भएको अध्यक्ष आचार्यले दावी गरेका छन् । १५ केजी तौल भएको ट्रफिले लुम्बिनी र पर्यटनलाई उजागर गर्ने पनि उनले दाबी गरे । खेल पर्यटनलाई उजागर गर्ने गरि ट्रफीमा लुम्बिनीको अशोक स्तम्भ, मायादेवि मन्दिर र शान्ति दीप कुदिएको छ । बुधबार मदन भण्डारी स्पोट्र्स क्लबद्धारा घोषणा भएको खेल तालिका अनुसार देशका विभिन्न ठाउँमा खेलाईने समग्र कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गरिने उनले बताएका छन् । यसमा डेढ दर्जन खेलका करीब १० करोड ६० लाख रुपैया खर्च हुने अनुमान रहेको छ । नवप्रतिभा र युवा खेलाडीहरु अन्तराष्ट्रिय स्तरमा सहभागी हुने गरि खेल प्रतियोगिता गर्न लागेको उनले बताए ।

प्रतियोगिताको टिम दर्ता, मैदान निमार्ण तथा मर्मत लगायतका सम्पूर्ण तयारी पुरा भएको उनले बताए । अस्थाई प्याराफिटसहित आर्कषक सजावटको काम पुरा गरेको उनले बताए । प्रतियोगिताको उपाधि विजेता टिमले नगद सात लाख रुपैयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरि उपविजेता टिमले नगद तीन लाख पचास हजार, तृतीय टिमले नगद एक लाख पचहत्तर हजार तथा सान्त्वना टिमले नगद एक लाख रुपैयासहित ट्रफी, मेडल र प्रमाणपत्र गर्ने छ । । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई पच्चिस हजार तथा विभिन्न बिधामा रुपमा समेत पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा सहभागी टिमका खेलाडीहरुको आवास ब्यवस्थापन आयोजकबाट नै हुने छ । भलिबल प्रतियोगितामा १ करोड ६० लाख रुपैया खर्च हुने आयोजकको अनुमान रहेको छ ।

प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीसहित विभागिय टिम त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, एपीएएफ क्लव, मणिमुकुन्द भलिबल क्लव, भारतको गुजरात स्टेट भलिवल एशोसिएशन, गलकोट भलिबल क्लव, रुकुम पश्चिम भलिवल प्रशिक्षण केन्द्र गरि नेपाल र भारतका आठ वटा टिमले प्रतिष्पर्धा गर्नेछन । विदेशी खेलाडीसहितको गल्कोट भलिबल क्लब सहभागी हुने उनले बताए । जसमा ४ जना ईरानी खेलाडीहरु छन । पहिलो दिन खुल्ला गरिएको खेलमा दोश्रो दिनबाट टिकट दर ३०० रुपैया तोकिएको उनले बताए ।साथै सेमिफाइनल र फाइनल खेलको प्रबेश शुल्क एकेडेमीले पछि निर्धारण गर्ने आचार्यले सो अबसरमा जानकारी गराएका छन् ।

कार्यक्रममा एकेडेमीका सचिव कृष्ण तिमिल्सिना, सचिव अमृता अनमोलले प्रतियोगितासंग पूर्वाधार विकास र खेल प्रशिक्षणलाई समेत जोड दिदै आएको बताए ।

प्रकाशित मिति : मंगलबार, पुष १६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij