काठमाडौं , पश्चिमी वायुको सामान्य प्रभावले हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु तथा कुहिरोको लागेको छ। रुपन्देही तथा आसपासका क्षेत्रहरूमा पनि हुस्सु र कुहिरो लागिरहेको छ। शितलहर पनि चलिरहेका कारण जनजिवन प्रभावित भएको छ। बृद्ध बृद्धा तथा बालबालिका तथा बिद्यार्थी चिसोका कारण बढी प्रभाबित देखिएका छन् ।
दिउँसो देशभरको मौसम सामान्यतया सफा रहनेछ। राति हिमाली भूभागको एकाध स्थानमा आंशिक बदली रहने सम्भावना छ।हुस्सु तथा कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सावधनी अपनाउन महाशाखाले आग्रह गरेको छ।
प्रकाशित मिति : शनिबार, पुष २० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्