रवि लामिछानेसहित ३९ जनाविरुद्ध जिल्ला अदालत काठमाण्डाैमा मुद्दा दर्ता

रवि लामिछानेसहित ३९ जनाविरुद्ध जिल्ला अदालत काठमाण्डाैमा मुद्दा दर्ता

काठमाण्डाै – काठमाण्डाैकाे कालीमाटीमा रहेकाे स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता भएको छ ।

प्रहरीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डाैले मुद्दा दर्ता गरेको हो । गोर्खा मिडियाका तत्कालीन सञ्चालक समिति सदस्य लामिछानेसहित तत्कालीन उपाध्यक्ष छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, उपाध्यक्ष देवेन्द्रबाबु राई लगायत ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।

यो सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता भएकाे आरोप लागेको छ । रवि लामिछानेविरुद्ध सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोपमा जिल्ला अदालत कास्कीमा थुनछेक बहस चलिरहेको छ । रवि गएको कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् ।

प्रकाशित मिति : आइतबार, पुष २१ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij