JanataToday.com

Advertisment

SKIP THIS

प्रधानमन्त्री कप आउँदो माघ १ गतेदेखि धनगढीमा हुने

प्रधानमन्त्री कप आउँदो माघ १ गतेदेखि धनगढीमा हुने

काठमाण्डौ – नेपाल क्रिकेट सङ्घ क्यानले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको मिति र तालिका सार्वजनिक गरेको छ । प्रधानमन्त्री कप आउँदो माघ १ गतेदेखि धनगढीमा हुने क्यानले जनाएको छ ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सात प्रदेश र दुई विभागीय टोली गरी नौ टोली सहभागी प्रतियोगिता फाप्ला क्रिकेट मैदानमा ११ दिनसम्म चल्नेछ ।

त्रिभुवन आर्मी क्लबले यसै प्रतियोगिताबाट पहिलो पटक महिला क्रिकेट टोली सहभागी गराउँदैछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा साविक विजेता नेपाल एपीएफ क्बलसहित, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश छन् । समूह ‘बी’ मा गएको वर्षको उपविजेता कोशी प्रदेशसहित आर्मी, बाग्मती प्रदेश र मधेश प्रदेश छन् । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै पहिलो दिनमै कर्णाली प्रदेश र एपीएफबीच दोस्रो खेल हुनेछ । समूहका शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् भने तेस्रो हुने टोलीले पाँचौं र छैटौं स्थानका लागि खेल्नेछ । सुपर फोरमा एक समूहले अर्को समूहको शीर्ष दुई टोलीसँग खेलेपछि शीर्षस्थानमा रहने दुई टोली फाइनल पुग्नेछ ।

प्रकाशित मिति : बुधबार, पुष २४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij