रविविरुद्धको मुद्दाको आदेश आजै आउन सक्छ ?

रविविरुद्धको मुद्दाको आदेश आजै आउन सक्छ ?

 

पोखरा । सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा प्रतिवादीहरुको बहस सकिएको छ । गत पुस १६ गतेदेखि कास्की हिरासतमा रहेका प्रतिवादीहरुको थुनछेक बहस बुधबार नै सकिएको हो ।

आजै सरकारी वकिलहरुले जवाफी बहस गर्नेछन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशी, लिला पछाईँ, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा कास्की प्रहरीको हिरासतमा छन् ।

बुधबार रामबहादुर, मीना, कृष्ण र आरती पक्षबाट रामबहादुर खनाल, बिष्णु मरासिनी र उज्ज्वल शंकर सापकोटाले बहस गरे । प्रतिवादीतर्फका कानून व्यवसायीहरुको बहस न्यायाधीश नीतिज राईको इजसालमा सकिएसँगै जाहरेवालातर्फका कानुन व्यवसायीको जवाफी बहस पनि सकिएको छ ।

अब सरकारी वकिलले जवाफी बहस गर्ने समय पाउनेछन् । जिल्ला अदालत कास्कीका श्रेस्तेदार राजन खनालका अनुसार सरकारी वकिलको जवाफी बहसपछि आदेश आउनेछ ।

प्रकाशित मिति : बिहिबार, पुष २५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij