काठमाडौं – सरकारले केही नेपाल ऐन, भूमि र लगानीसम्बन्धी तीनवटा अध्यादेश ल्याउने भएको छ। गएराति अबेर प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यी तीनवटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।
विपक्षी दलहरूले संघीय संसद्को अधिवेशन बोलाउन माग गरिरहेका बेला सरकारले भने अध्यादेश सिफारिस गरेको हो। अध्यादेश ल्याउनुअघि शुक्रबार अपराह्न प्रधानमन्त्री केपी शर्मा ओली कानूनमन्त्री अजय चौरासियालाई लिएर राष्ट्रपति निवास पुगेका थिए। राष्ट्रपतिले अध्यादेश स्वीकृत गर्ने आश्वासन दिएपछि राति अबेर मन्त्रिपरिषद् बैठक बसेर सिफारिस गरिएको हो।
गत भदौ ३१ गते संघीय संसद्को बर्खे अधिवेशन अन्त्य भएको थियो। त्यसयता चार महिना बितिसक्दा पनि संसद्को हिउँदे अधिवेशन आह्वान नगरी अध्यादेशबाट कानून बनाउन थालेपछि सरकारको आलोचना हुन थालेको छ।
प्रकाशित मिति : शनिबार, पुष २७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्