रुपन्देहीको तिलोत्तमा –०४, शङ्करनगरस्थित सिद्धार्थ इङ्ग्लिस बोर्डिङ सेकेन्डरी स्कुलमा सुरु भएको खेल महोत्सव जारी छ । विद्यार्थीको अन्तरनिहित खेल प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले शनिबार विद्यालयको प्राङ्गणमा भव्य मार्चपासका साथ सुरु भएको खेल महोत्सवमा आइतबार पनि विभिन्न चरणका खेल प्रतियोगिताहरु सम्पन्न भएका छन् । उक्त प्रतियोगितामा विद्यार्थीहरुले आ–आफ्ना विभिन्न चार सदनबाट प्रतिस्पर्धा गरेका थिए ।
जसअन्तर्गत सिनियर र मिडल तर्फ १०० र २०० मिटर छात्र÷छात्रा रेस, शट पुट, ज्याब्लिङ् थ्रो, मिडल तथा जुनियरको पिगी व्याग, प्लेट रेस आदि त्यस्तै जुनियर देखि सिनियरसम्म म्याथ रेस लगाएतका विभिन्न खेलहरु सम्पन्न भएका छन् । खेल प्रतियोगिताको बिचबिचमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । खेलमा विजयी विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो । खेल सोमबार पनि जारी रहने छ ।
प्रकाशित मिति : आइतबार, पुष २८ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्