लस एन्जसलमा आगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या १६ जना पुग्यो

लस एन्जसलमा आगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या १६ जना पुग्यो

अमेरिकाको लस एन्जलसमा लागेको आगोमा परी ज्यान गुमाउनेको सङ्ख्या १६ जना पुगेको छ ।

सबैभन्दा ठूला आगलागी भएको इटनमा ११ र प्यालीसेड्समा ५ गरी १६ जनाको ज्यान गएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अग्नि नियन्त्रकहरूले ज्यान गुमाउनेहरूको सङ्ख्या अझै बढ्नसक्ने बताएका छन्, १३ जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।

लस एन्जलस वरपर अहिले चार वटा जङ्गलमा आगो लागिरहेको छ । अग्नि नियन्त्रकहरूले २३ हजार एकड क्षेत्रफलमा फैलिएको प्यालीसेड्को डढेलो ११ प्रतिशतमात्रै निभाउन सकेका छन् । यस्तै इटनको १४ हजार एकड क्षेत्रफलमा आगलागी भएकोमा १५ प्रतिशत निभेको छ । अग्नि नियन्त्रकहरूले केनेथ र हस्र्टको दुई साना डढेलो भने नियन्त्रणमा लिएका छन् ।

आपत्कालीन उद्धारकर्ताहरूले शक्तिशाली हुरीमाझ लस एन्जलसको डढेलो निभाउने प्रयास पाँचौं दिन पनि जारी राखेका छन् । अग्नि नियन्त्रहरूले डढेलोलाई रोक्न विमानबाट पानी र आगो निभाउने ‘फायर रिटार्डेन्ट’ खसालिरहेका छन् । राति हावाको वेग अझै बढ्ने र त्यसले डढेलो फैलिन अझ मद्दत पुग्ने अधिकारीहरूले बताएका छन् ।

लस एन्जलसमा इतिहासकै खराब आगलागी भइरहेको छ । आगलागीमा हजारौं संरचना जलेर नष्ट भइसकेका छन् । लाखौं मानिस घर छाडेर भागेका छन् । आगलागीका कारण विषाक्त धूँवा र हावा फैलिएपछि लस एन्जलस काउन्टीमा स्वास्थ्य आपत्काल घोषणा भएको छ

प्रकाशित मिति : सोमबार, पुष २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij