JanataToday.com

Advertisment

SKIP THIS

देवदह नगरपालिकामा हुने दोस्रो राष्ट्रपति रनिङ शिल्डको तयारी अन्तिम चरणमा

देवदह नगरपालिकामा हुने दोस्रो राष्ट्रपति रनिङ शिल्डको तयारी अन्तिम चरणमा

देवदह – रुपन्देहीको देवदह नगरपालिकामा हुने दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेका छ । माघ ३ गतेदेखि ५ गते तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता केरवानी माध्यमिक विद्यालयको आतिथ्यमा हुने भएको हो । प्रतियोगिता देवदह पानबारी खेल मैदानमा हुने नगरपालिकाले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि भौतिक संरचना मर्मतको कामलाई तीव्रता दिएको देवदह नगरपालिकाका प्रवक्ता पगणेश डुम्रेले जानकारी दिए। “पानबारी खेलमैदानमा भलिबल, कबड्डी, कराँते लगायतका खेल सम्पन्न गर्नका लागि ग्राउन्ड मर्मत तथा व्यवस्थापनको काम सम्पन्न भएको छ ।” प्रवक्ता डुम्रेले भने, “बिहिवार औपचारिक उद्घाटनका लागि हामी तयारी अवस्थामा छौं ।”

प्रतियोगितामा देवदहका २७ विद्यालयले सहभागिता जनाउने केरवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मल ढुङ्गानाले जानकारी दिए ।
प्रधानाध्यापक ढुङ्गानाले प्रतियोगितामा सहभागी हुने सबै खेलाडीहरूको स्वास्थ्य बिमा समेत गरिएको बताए।

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गर्न सङ्घीय सशर्त अनुदानतर्फ बजेट नरहे पनि देवदह नगरपालिकाले आफ्नै आन्तरिक तर्फबाट ९ लाख रुपैयाँ  विनियोजन गरेर कार्यक्रम सञ्चालन गरिरहेको हो ।

प्रत्येक विद्यालयले आफ्नो विद्यालयका उत्कृष्ट खेलाडीहरूको छनोट गरी प्रतियोगितामा सहभागिता जनाउने तयारी गरिरहेका छन् । प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको आयोजकको दावी छ।

प्रतियोगितामा देवदहका २७ विद्यालयका एक हजार ततिन सय ४० इभेन्टको लागि चार सय ४० जना विद्यार्थीले प्रतिस्पर्धा गर्ने केरवानी माध्यमिक विद्यालयका शिक्षक खेमानन्द ज्ञवालीले जानकारी दिए । भलिबल र कबड्डी खेलको ट्राइसेट सार्वजनिक गरिएको शिक्षक ज्ञवालीले बताए।

रनिङ शिल्डको उद्‌घाटन र समापन सत्र विद्यालय प्राङ्गणमा हुने र खेलकुदका इभेन्टहरू पानबारी खेलमैदानमा हुने विद्यालयले जनाएको छ।

प्रकाशित मिति : बुधबार, माघ २ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij