JanataToday.com

Advertisment

SKIP THIS

इन्टलेक्चुअल स्कूलमा खेल सप्ताह समापन

इन्टलेक्चुअल स्कूलमा खेल सप्ताह समापन

बुटवल- बुटवल ११ कालीकानगर भुवनसिङमार्गमा रहेको इन्टलेक्चुअल स्कूलमा आइतबार खेलकुद सप्ताह सम्पन्न भएको छ  ।
गत बुधबारदेखि शुरु भएको खेल सप्ताह आइतबार सम्पन्न गरिएको हो ।खेलकुद मार्फत विद्यार्थीहरुको प्रतिभाको छनोट गर्नका लागि आयोजीत खेलकुद सप्ताहका क्रममा सदनात्मक तथा कक्षागत रूपमा बिद्यार्थीहरुलाई विभाजन गरि प्रतियोगिता गराईएको थियो।
नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी हुने खेलकुद कार्यक्रममा भलिवल,कबड्डी, फुटसल,रीले दौड सटपट, हाइजम्प, लमजम्प, टेबलटेनिस, ब्याटमिन्टन, ज्यावलिङ थ्रो, कुर्चिदौड, साइकिल दौड, बास्केटबल,खो खो लागायतका खेलहरूमा प्रतिस्प्रर्धा गराइएको थियो ।खेल सप्ताहको समापनमा खेलमा उत्कृष्ट विद्यार्थीहरुलाई मेडल,ट्रफी र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । पुरस्कार स्कूल सञ्चालक समितिका पुर्व अध्यक्ष डिल्लीराज अर्याल ,सस्थापक संचालक रामराज पोख्रेल ,संचालक जिवाखर अर्याल माध्यमिक तह सम्योजक छन्त बहादुर पान्डेयले बितरण गर्नुभएको थियो। समापन कार्यक्रममा अतिरिक्त क्रियाकलाप संयोजक सुबास भन्डारीको अध्यक्षता र कोर्डिनेटर माया पौडेलले गर्नुभएको संचालनमा सप्पन्न भएको थियो थियो ।

प्रकाशित मिति : आइतबार, माघ ६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij