भारतमा भएको रेल दुर्घटनामा मर्नेको सङ्ख्या १९ पुग्यो, यी हुन् सनाखत भएका चार नेपाली

भारतमा भएको रेल दुर्घटनामा मर्नेको सङ्ख्या १९ पुग्यो, यी हुन् सनाखत भएका चार नेपाली

नयाँ दिल्ली -भारतमा पुष्पक एक्सप्रेस दुर्घटनामा मारिनेको सङ्ख्या १९ पुगेको छ । मृतकहरूमध्ये १२ जनाको पहिचान भएको छ । यीमध्ये चार जना नेपाली रहेको थाहा भएको छ ।

प्रहरीले मृतकका आफन्तहरूसँग सम्पर्क गरिरहेको छ । बुधबार करिब ५ बजे जलगांवमा पुष्पक एक्सप्रेसमा आगो लागेको अफवाह फैलिएको थियो । त्यसपछि हतारिएर यात्रीहरू झ्यालबाट हाम फाल्न लागे ।

यस क्रममा अर्को लिकमा आइरहेको रेलले ठक्कर दिँदा घटनास्थलमै १२ जनाको मृत्यु भयो । अन्य कयौँ घाइते भएका थिए । घाइतेहरूको उपचार भइरहेको बताइएको छ । सनाखत भएका चार जना नेपालका भएको प्रहरीले बताएको छ । मृतकहरू ४२ वर्षीय कमला नवीन भण्डारी, ४० वर्षका लच्छीराम कन्नु पाशी, १० वर्षका हिमु नंदराम विश्वकर्मा र ८० वर्षीय जयकला बडे जयकाडी हुन् ।

यीमध्ये तीन जना उत्तर प्रदेशमा बस्दै आएका थिए । दुर्घटनाका अरु १० जना घाइतेको विभिन्न निजी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रकाशित मिति : बिहिबार, माघ १० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij