बुटवल,
रुपन्देहीमा सशस्त्र प्रहरीले स्रोत नखुलेको २४ लाख बढी रुपैयाँ बरामद गरेको छ। प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाको चेकप्वाइन्ट टोलीले विहिबार उक्त रकम बरामद गरेको हो।
सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा सिद्धार्थनगर नगरपालिका वडा नं। १, डण्डा क्षेत्रबाट २४ लाख १३ हजार १३० रुपैयाँ नेपाली र भारतीय १ हजार ५४० रुपैयाँ बरामद गरेको जनाएको छ।
लु ९२ प ३५४६ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा स्कुटरमा सवार भारतको महाराजगञ्ज नौतनवा ग्रामपञ्चायत वडा नं। ४, नौतनवा बस्ने २३ वर्षीय अभिषेक अग्रहरीले शरिरमा लुकाएर ल्याएको अवस्थामा फेला परेको थियो।
सशस्त्र प्रहरी बल नं। २७ गण हेडक्वाटर रुपन्देहीका प्रमुख एसपी आनन्द थापा मगरले नियमित चेकजाँचका क्रममा स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जानकारी दिए।
थापाले बरामद गरिएको नगद रकम, स्कुटर र अग्रहरीलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवललाई बुझाइएको बताए।
प्रकाशित मिति : शुक्रबार, माघ ११ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्