JanataToday.com

Advertisment

SKIP THIS

बुटवलबाट लुम्बिनीका लागि सिधा बस सञ्चालन हुँदै

बुटवलबाट लुम्बिनीका लागि सिधा बस सञ्चालन हुँदै

बुटवल, बुटवलबाट लुम्बिनीका लागि सिधा बस सञ्चालन भएको छ। पश्चिम नेपाल बस व्यवसायी प्रा . लि .ले बुटवलबाट तिलोत्तमा, भैरहवा हुँदै बुद्ध जन्मस्थल लुम्बिनीसम्म सिधा बस सञ्चालनमा ल्याएको हो।

सार्वजनिक यातायात प्रयोगकर्ताहरुले विहानको समयमा अब एउटै बसमा बुटवलबाट लुम्बिनीसम्म पुग्न सक्नेछन्। यस अघि लुम्बिनी जान भैरहवासम्म एउटा बसमा गएर त्यहाँबाट अर्को बस चढ्नुपर्ने झन्झट थियो। सिधा बस चलेपछि बुटवलबाट लुम्बिनी घुम्न जानेहरुको लागि पनि सहज हुने भएको छ। साथै नियमित ओहोरदोहोर गर्ने शिक्षक कर्मचारीहरुलाई पनि सजिलो हुने भएको छ।

बुटवलको गोलपार्कबाट प्रत्येक दिन विहान ८ः १५ मा लुम्बिनीको लागि बस छुट्ने पश्चिम नेपाल बस व्यवसायी प्रा।लि । का बुटवल भैरहवा रुट संयोजक सूर्यप्रकाश ढुंगानाले जानकारी दिए। ‘विहान सवा ८ बजे गोलपार्कबाट गाडी छुट्छ। यात्रुहरु लुम्बिनी लेखेको गाडीमा चढ्न सक्नुहुने छ उनले भने साढे ८ बजे राजमार्ग चौराहबाट छुट्छ। यही समयलाई आधार मानेर तिलोत्तमा क्षेत्रका यात्रुहरुले गाडी पर्खिन सक्नुहुन्छ।‘यस्तै लुम्बिनीबाट ११ बजे बुटवलको लागि बस छुट्ने छ। अर्को बस ४ बजे छुट्ने छ।’ सुरुमा कार्यालय समयलाई आधार मानेर बुटवल लुम्बिनी सिधा बस सञ्चालन गरिएको ढुंगानाले बताए । यात्रुको चाप बढ्दै गएमा यो रुटमा पर्यटनमैत्री स्तरिय गाडी सञ्चालन हुने उनले जानकारी दिए।

नेपालको प्रमुख शहर मध्ये एक बुटवल र अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य लुम्बिनी रुपन्देही जिल्लामै पर्दछ। बुटवलबाट लुम्बिनीको दुरी ४२ किलोमिटर छ। तर एउटै जिल्लाका दुई महत्वपूर्ण ठाउँलाई सिधा सार्वजनिक यातायातले अहिलेसम्म जोडेको थिएन ।

बुटवलबाट लुम्बिनी सिधा सार्वजनिक यातायात सञ्चालन गर्नुपर्छ भन्ने आवाज बेला बेलामा उठीरहेको थियो। सिधा बस सञ्चालन भएपछि अब बुटवल र लुम्बिनीमा पर्यटकीय ओहोरदोहोर बढ्ने आशा गरिएको छ।

प्रकाशित मिति : शनिबार, माघ १२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij