नेपाल मजदुर किसान पार्टीको कार्यकर्ता भेला बुटवलमा सम्पन्न

नेपाल मजदुर किसान पार्टीको कार्यकर्ता भेला बुटवलमा सम्पन्न

बुटवल , नेपाल मजदुर किसान पार्टीको ५१ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा कार्यकर्ता भेला गरिएको छ ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टी रुपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले प्रजातान्त्रिक र कम्युनिष्ट नाम गरेका शासक दलहरुबाट दलगत र व्यक्तिगत स्वार्थका लागि झूठा आश्वासनमै जनतालाई भुलाउने काम भएको आरोप लगाए । आलोचनात्मक सचेतनाबिना देशका खराब शासकहरुलाई कठघरामा उभ्याउन नसकिने उनले बताए । देश र जनताको निस्वार्थ सेवा गर्न नेमकिपाले व्यापक कामदार जनतालाई सचेत र संगठित बनाउदै आएको उनले दाबी गरे । नेपालमा कामदार वर्गको शासन सत्ता स्थापना गर्न नेमकिपाले संघर्ष गरिरहेको उल्लेख गर्दै अध्यक्ष वासीले समाजवादी व्यवस्थामा मात्रै कामदार जनताको भलाई हुने स्पष्ट पारे ।

नेपाल क्रान्तिकारी युवा संघका केन्द्रीय सदस्य हिमलाल पाण्डेले कर बुझाएर मात्र नागरिकको कर्तव्य पूरा नहुने उल्लेख गर्दै गलत शासन व्यवस्थाको विरुद्ध जागरुक बन्नुपर्ने बताए । राजनीति हाम्रो चासोको विषय होइन भन्दै युवाहरुले राजनीतिलाई बेवास्ता गरिरहेसम्म देश उभो नलाग्ने बताउदै उनले युवाहरु विदेश पलायन हुनुभन्दा स्वदेशमै संघर्ष गर्न सकेमात्र देश र जनताको पक्षमा परिवर्तन ल्याउन सकिने बताए ।

नेमकिपा रुपन्देहीका सदस्य पदम रसाइलीले सुस्ता अतिक्रमणविरुद्ध आन्दोलनदेखि देशघाती एमसीसीविरुद्ध आन्दोलनसम्म नेमकिपाले गर्दै आएको अविचलित संघर्षबाट नेमकिपा नै देशभक्तिपूर्ण पार्टी हो भनी नेपाली जनताले बुझेको दाबी गरे ।

नेपाल क्रान्तिकारी विद्यार्थी संघका सुग्रिम साहनीले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंद्वारा लिखित ‘आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास’ कृतिबारे चर्चा गर्दै देशको आत्मनिर्भरताको लागि कृषिमै जोड दिनु आवश्यक रहेको बताए ।

प्रकाशित मिति : शनिबार, माघ १२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij