पाँचौ संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनशिप’ भलिबल प्रतियोगिता आजदेखि शुरु

पाँचौ संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनशिप’ भलिबल प्रतियोगिता आजदेखि शुरु

पाँचौ संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनशिप’ भलिबल प्रतियोगिता आजदेखि शुरुभएको छ । आज महिलातर्फका खेलहरु भएका छन् । आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यू डायमन्ड भलिबल क्लब विजयी भए । तेश्रो खेल भने रात परेपछि चल्दाचल्दै रोकिएको छ ।

पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको पहिलो खेलमा एपीएफले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई ३–२ को सेटमा हरायो । ट्राभल इन्क्वारीले पहिलो सेट २५–२१ र दोश्रो सेट २५–२० ले जित्यो । यस्तै एपीएफले तेश्रो सेट २५–१९, चौथो सेट २५–२० र पाँचौ सेट १५–७ ले जित्यो ।

आजै भएको दोश्रो खेलमा न्यू डायमन्डले पुलिसलाई ३–२ को सेटमा हरायो । पुलिसले पहिलो सेट २५–१२ र तेश्रो सेट २५–२४ ले जितेको थियो । यस्तै न्यू डायमन्डले दोश्रो सेट २३–२५, चौथो सेट २५–१८ र पाँचौं सेट १५–१० ले जित्यो ।

आजको तेस्रो खेलमा टाइगर ग्रुप अफ पोखरा र त्रिभुवन आर्मी क्लब खेल्दा खेल्दै रात परेपछि चौथो र पाँचौ सेट भोलि हुने भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ६ गरी १२ टोली सहभागी छन् । प्रतियोगिता यही १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फको विजेताले पाँच लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ पाउनेछन् । उपविजेतालाई समान दुई लाख ८५ हजार पाँच सय ५५ र तृतीय हुने टोलीले एक लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ पाउनेछन् ।

प्रकाशित मिति : शनिबार, माघ १२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij