JanataToday.com

Advertisment

SKIP THIS

रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको शनिबारको खेलमा मेलवर्न क्रिकेट क्लब विजयी

रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको शनिबारको खेलमा मेलवर्न क्रिकेट क्लब विजयी

रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको शनिबारको खेलमा मेलवर्न क्रिकेट क्लब (एमसीसी) विजयी भएको छ । एमसीसीले प्रोफेसनल मास्टर्स–११ लाई ८० रनले पराजित गर्दै सहज जित हात पर्यो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एमसीसीले निर्धारित ३९ ओभरको खेलमा ९ विकेटको नोक्सानीमा २ सय ८ रन बनायो । उसका लागि आदित्य यादवले ५९, सन्दीप रजालीले ५६, अमन खानलले ३० र विपिन आचार्यले १३ रन बनाए । बलिङमा प्रोफेसनलका कर्ण साहनी र ड्रस सुनारले २–२ तथा अख्तर हुसेन र जयप्रताप यादवले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको प्रोफेसनल ३८ ओभर ४ बलमा १ सय २८ रन बनाउँदा अलआउट भयो । उसका लागि जयप्रताप यादवले २१, ड्रस सुनारले १६, अजय रसाइलीले १५ र अख्तर हुसेनले १० रन बनाए । एमसीसीका विपिन आचार्यले ३, सन्दीप रजाली र विनय कुर्मीले २–२ तथा रमेश कुर्मी, विजय प्रजापती सोहिल पालले १–१ विकेट हात पारे । खेलमा सन्दीप रजाली प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहप्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले बताए ।

प्रकाशित मिति : शनिबार, माघ १२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij