अपडेट : १ करोड धरौटी बुझाएर छुटे रवि लामिछाने

अपडेट : १ करोड धरौटी बुझाएर छुटे रवि लामिछाने

काठमाडौँ : पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा रूपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन्।

 

 

जिल्ला अदालत रूपन्देहीका तहसिलदार कुमार खतिवडाले लामिछानेले १ करोड रुपैयाँ बैंक धरौटी बुझाएको जानकारी दिएका छन्। उनले भने, ‘प्रतिवादी रवि लामिछानेले १ करोड रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर छुटेका छन्।’

आइतवार भएको प्रतिवादी वकिलको बहस, जाहेरवाला र सरकारी वकिलको जवाफी बहसपछि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीले १ करोड रुपैयाँ धरौटी बुझाउनुपर्ने आदेश गरेका थिए।

बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराध कसुरमा प्रतिवादी बनाएर माघ ६ गते रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

जिल्ला सरकारी वकिल कार्यालयले माघ ६ गते रूपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई अभियुक्त बनाएर मुद्दा दर्ता गरेको थियो।

मुद्दामा गीतेन्द्रबाबु (जीबी) राई, लामिछानेसहित २८ जनाबाट ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ र लामिछाने, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट १० करोड ९९ लाख थप बिगो र लामिछानेको व्यक्तिगततर्फ २ करोड बिगो दाबी गरिएको थियो।

प्रकाशित मिति : आइतबार, माघ १३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij