JanataToday.com

Advertisment

SKIP THIS

प्रथम सैनामैना गोल्डकप २०८१ फुटबल प्रतियोगिता फागुन १९ गतेदेखि

प्रथम सैनामैना गोल्डकप २०८१ फुटबल प्रतियोगिता फागुन १९ गतेदेखि

सैनामैना,

रूपन्देही जिल्लाको सैनामैना नगरपालिकामा अवस्थित रहेको मुर्गिया फुटबल क्लबद्वारा प्रथम सैनामैना गोल्डकप २०८१ फुटबल प्रतियोगिता यही फागुन १९ गतेदेखि २८ गतेसम्म हुन लागेको छ।

यस क्षेत्रकै सर्बाधिक धनराशी पुरस्कार राखिएको यो प्रतियोगिता रुपन्देहीको मुर्गिया फुटबल रंगशालामा आयोजना गरिने छ । यस प्रतियोगिताले खेलकुदको विकास, स्थानिय खेलाडिहरूको प्रतिभा प्रस्फुटन र नेपाली फुटबलको स्तर उकास्ने लक्ष्य राखेको खेल संयोजक अशोक खड्काले बताउनुभयो।

सैनामैना नगरपालिका संरक्षक रहेको यो प्रतियोगिता सफल बनाउन व्यापक तयारी भइरहेको छ । आयोजक समितिका अनुसार प्रतियोगितामा राष्ट्रिय स्तर ‘ए’ डिभिजनका दश वटा फुटबल क्लवहरूको सहभागिता रहनेछ भने विदेशी खेलाडीहरुको समेत सहभागिता रहनेछ । यसले गर्दा यो प्रतियोगिता राष्ट्रिय स्तरको मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरको पनि हुने क्लवको अध्यक्ष प्रविन भारीले जानकारी गराएका छन् ।

प्रथम सैनामैना गोल्ड कप प्रतियोगिताको पुरस्कार राशी ७ लाख रुपैया राखिएको छ भने उपविजेताले ४ लाख रुपैया सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । प्रतियोगितामा दुई सेमि-फाइनलिष्ट बाहिरिने टिमले जनही ४०-४० हजार प्राप्त गर्नेछन् , उत्कृष्ट खेलाडीले नगद रू २० हजारका साथमा ट्रफी, मेडल, प्रमाणपत्र, सर्वाधिक गोलकर्ताले नगद १५ हजार ट्रफी, मेडल, प्रमाणपत्र, उत्कृष्ट गोलरक्षक नगद रु १५ हजार ट्रफी, मेडल, प्रमाणपत्र, उदयमान खेलाडीले नगद रु १५ हजार र ट्रफी, मेडल, प्रमाणपत्र, उत्कृष्ट डिफेन्डरले नगद रु.१५ हजार ट्रफी, मेडल, प्रमाणपत्र, उत्कृष्ट कोचले नगद रु.१५ हजार र ट्रफी, मेडल, प्रमाणपत्र, र प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार दिइने प्रतियोगिताका आर्थिक संयोजक गोपाल खड्काले जानकारी दिनुभयो।

यो प्रतियोगिता हेर्न दर्शकहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएकोे छ । फागुन १९ देखी सुरु हुने यो प्रतियोगिताले सैनामैना क्षेत्रलाई खेलकुद पर्यटनको नयाँ गन्तव्य बनाउन सक्ने सम्भावना बोकेको र र सबै यस क्षेत्रका फुटबल प्रेमी महानुभावहरूले यो प्रतियोगिता सम्पन्न गर्नका लागि आफ्नो क्षेत्रबाट सहयोगको अपेक्षा सँगै यो प्रतियोगिता सम्पन्न गर्न दैनिक उपस्थितिले खेलमैदान र खेलाडीलाई उत्साह थप्ने हुँदा सबैलाई प्रतियोगिता अवलोकन गरी खेलाडीको हौसला बढाइदिनु हुन र आयोजकलाई समर्थन गरिदिनु हुन अनुगमन समितिका संयोजक सुभाष केसीले अनुरोध गर्नुभयो ।

प्रकाशित मिति : सोमबार, माघ १४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij