बगनासकाली गाउपालिका ५ गरनडाडा स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

बगनासकाली गाउपालिका ५ गरनडाडा स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

बुटवल-बगनासकाली गाउपालिका वार्ड नं ५ गरनडाडा स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर  सम्पन्न भएको छ ।लायन्स क्लब अफ बुटवल सिद्बाबाबा को आयोजनामा भएको उक्त शिविरमा विभिन्न रोगका बिरामीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको शिविरमा १५१ जना भन्दा बढी बिरामीको स्वास्थ्य परिक्षण गरिएको हो।शिबिरमा बरिष्ठ युरोलोजिस्ट डा। बिरेन्द्र कुमार यादब , बरिष्ठ फिजिसिएन डा. पताल गिरि ,न्युरोसर्जन डा.टि के जोन सिङले स्वास्थ्य परिक्षण गरेका थिए । भने पानसिया मेडिकल र तिलोत्तमा अस्पतालका स्वास्थ्य कर्मीद्वारा ल्याव परिक्षण र निसुल्क औषधी बितरण गरिएको थियो।
क्लवका अध्यक्ष लायन्स सिताराम रसाइलीको अध्यक्षतामा सन्चालित कार्यक्रममा प्रमुख अतिथि प्रथम भ्वाइस डिष्ट्रिक्ट गभर्नर लायन बालाराम भट्टराइ, विशिष्ट आतिथि वडा अध्यक्ष ओमप्रकाश गैरे , क्लबका पूर्व अध्यक्ष टंक प्रसाद गैरे ,गणेश भट्टराइले शुभकाम मन्तव्य दिनुभएको थियो भने कार्यक्रम सचिब महेश पाण्डेले सन्चालन गर्नुभएको थियो। कार्यक्रम को संयोजन लायन नारायण तिवारी र डोलराज वस्यालले गर्नुभयको थियो।

प्रकाशित मिति : सोमबार, माघ १४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij